News Portal

कुवेतमा रहेका त्रिदेव चौधरीको अत्यासलाग्दो दिनचर्या (भिडियो सहित)

हिमाली संचार संवाददाता
२३७९ पटक
२०२० मे ३०, शनिबार

कुवेत – सुनसान छ शहर, भयङ्कर डरलाग्दो सपना जस्तो, हेर्दै उराठ लाग्दो। दिनरात नभनिकन एकै रफ्तारमा अगि बढिरहेको यो दुनियाँ, यो जगत अथवा यो शहर चिरनिन्द्रामा परेको जस्तो लाग्छ अचेल। छैन तँछाडमछाड, भिडभाड, चहलपहल। देखावटी र रिसराग पनि छैन। छ त केवल एक बारको जुनीमा अलि दिन बाँचौं भन्ने भावना। आपसमा भाइचारा, श्रद्धा अनि सम्मान।

चीनको वुहानमा उत्पत्ति भएको कोरोना भाइरस अथवा कोभिड १९ ले विश्वभरका मानव जातिलाई आतंकित पारेको यो बेलामा त्रिदेव चौधरी कसरी चोखो बच्न सक्थे र। पर्सा जिल्लाको सुगौली ४ घर भएका त्रिदेव दुई वर्षदेखि कुवेतमा पिज्जा डेलिभरी गर्ने काम गर्छन।
कोरोना भाइरसबाट बच्न कुवेत सरकारले गएको फेब्रुवरी २५ देखि देशभर लकडाउन गरेको थियो।

लकडाउनले नपुगेर मार्च १५ तारिखदेखि रातको समयमा कफ्र्यु लगाउन थालियो। मे १० तारिखबाट त पूरै कफ्र्यु हालिएको छ, अथवा रातमा पनि दिनमा पनि कफ्र्यु।

त्रिदेव चौधरी एउटै कोठाभित्र बसेको एक महिना हुन लाग्यो। कम्पनीले ५० प्रतिशत मात्रै तलब दिएको थियो। त्यही पैसा कोठाभाडा र खानपानका लागि खर्च गरिरहेका छन्।

कोरोना कहरसँगै बजारमा अत्यावश्यक चिज पाउन छाडेको छ। महँगीले खाद्यवस्तु छोइनसक्नु भएको छ। त्यसैले त्रिदेव चौधरी र उनको परिवारलाई आर्थिक कठिनाई हुन थालेको छ।

सुत्यो, उठ्यो, पकायो खायो, त्रिदेवको दिनचर्या अत्यासलाग्दो छ। सान्तवना दिन उनी परिवारलाई दिनहुँ फोन गर्छन। मन भुलाउन फेसबुकका अपडेट हेर्छन। कोरोनाको त्राससँगै उनलाई नेपाल सरकारले भनेजस्तो काम गर्न सकिरहेको छैन जस्तो लाग्छ। कोरोनाको डर त छँदैछ आजभोली उनलाई भारतले सिमा मिचेको विषयमा रिस उठ्न थालेको छ। डरसँगै रिस छ उनको मनमा।

५०–५५ डिग्री तातोमा मोटरसाइकल चलाउँदै हिँड्दा, कामको चाप, ग्राहकको गाली, ट्राफिकको हेपाइले दिक्क हुँदा त्रिदेवलाई लाग्थ्यो, यो काम छोड्न पाए। तर अचेल कोठा भित्रैको बसाईले उनलाई त्यही काम प्रिय थियो भन्ने लाग्न थालेको छ। कामना गरौं कोरोना भाइरसको अन्त्य छिट्टै होस्। हामी पुरानै काममा फर्कन सकौं।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...