News Portal

स्वास्थ्य चौकी भवन खोक्सामा बनाउनुपर्ने माग गर्दै नगरमा डेलिगेसन

ऋषि राई
४७७ पटक
२०७७ जेठ १६, शुक्रवार

कटारी ।उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ का स्थानीयले स्वास्थ्य चौकी भवन वडाको खोक्सामा निर्माण गर्नुपर्ने माग राखेका छन् । आज वडावासीहरुले खोक्साको बिन्दमाया कटुवाल , गिरीराज कार्की , भिमप्रसाद गौतमको नम्बरी जग्गाबाट जग्गा उपलब्ध गराई सोही जग्गामा भवन बनाउनुपर्ने भन्दै नगरपालिकामा डेलिगेसन समेत दिएका छन् ।
वडाको स्वास्थ्य चौकी भवन वडाको केन्द्र गराँसमा निर्माण गर्न खोजिएको भन्दै खोक्सादेखि गिद्धवरसम्मका स्थानीयहरुले खोक्सामा भवन बनाउन माग गर्दै डेलिगेसन दिएका हुन् । वडाको वडा कार्यालय लगायतका भवनहरु गराँसमा निर्माण गरिएको भन्दै वडाको मध्यमा पर्ने खोक्सामा भवन निर्माण गर्न स्थानीयले नगरपालिकामा डेलिगेसन दिएका हुन् ।
नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठलाई ४ सय २० जनाको हस्ताक्षर सहित डेलिगेसन बुझाउँदै खोक्सामा भवन निर्माण नभए संघर्षमा उत्रिन पछी नपर्ने स्थानीय नातिबाबु भट्टराईले बताउनुभयो । डेलिगेसन बुझ्दै मेयर श्रेष्ठले कार्यापालिकाबाट निर्णय गर्दै जनताको माग अनुसार कार्यान्वयन गर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...