News Portal

स्वास्थ्य चौकी भवन खोक्सामा बनाउनुपर्ने माग गर्दै नगरमा डेलिगेसन

ऋषि राई
५७३ पटक
२०७७ जेठ १६, शुक्रवार

कटारी ।उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ का स्थानीयले स्वास्थ्य चौकी भवन वडाको खोक्सामा निर्माण गर्नुपर्ने माग राखेका छन् । आज वडावासीहरुले खोक्साको बिन्दमाया कटुवाल , गिरीराज कार्की , भिमप्रसाद गौतमको नम्बरी जग्गाबाट जग्गा उपलब्ध गराई सोही जग्गामा भवन बनाउनुपर्ने भन्दै नगरपालिकामा डेलिगेसन समेत दिएका छन् ।
वडाको स्वास्थ्य चौकी भवन वडाको केन्द्र गराँसमा निर्माण गर्न खोजिएको भन्दै खोक्सादेखि गिद्धवरसम्मका स्थानीयहरुले खोक्सामा भवन बनाउन माग गर्दै डेलिगेसन दिएका हुन् । वडाको वडा कार्यालय लगायतका भवनहरु गराँसमा निर्माण गरिएको भन्दै वडाको मध्यमा पर्ने खोक्सामा भवन निर्माण गर्न स्थानीयले नगरपालिकामा डेलिगेसन दिएका हुन् ।
नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठलाई ४ सय २० जनाको हस्ताक्षर सहित डेलिगेसन बुझाउँदै खोक्सामा भवन निर्माण नभए संघर्षमा उत्रिन पछी नपर्ने स्थानीय नातिबाबु भट्टराईले बताउनुभयो । डेलिगेसन बुझ्दै मेयर श्रेष्ठले कार्यापालिकाबाट निर्णय गर्दै जनताको माग अनुसार कार्यान्वयन गर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...