News Portal

धादिङकाे किसानलाई मलको चिन्ता

हिमाली संचार संवाददाता
५६५ पटक
२०७७ जेठ १५, बिहीबार

धादिङ -धादिङबेसी स्थित जिल्लाका कारागार अगाडी नीलकण्ठ सहकारीको कार्यालय परिषरमा बुधबार बिहानै किसानहरु हातमा लाम्लो/बोरा लिएर खचाखच थिए ।

उनीहरुलाई कोरोना भाईरसबाट कसरी बच्ने भन्ने कुनै प्रवाह थिएन, कसरी रासायनिक मल लैजाने, पाईएला-नपार्ईएला भन्ने चिन्ताका साथ उनीहरु भिडमा हराई रहेका थिए ।

धादिङबेसीमा रहेको नीलकण्ठ सहकारीले रासायनिक मल वितरण गर्ने जानकारी पाएपछि बुधबार किसानहरु सहकारीको कार्यालय अगाडी बाक्लो भिड थियो । भिड नियत्रण गर्न र कोरोना भाईरसबाट बच्न प्रहरीले माईकिङ् गर्दै सामाजिक दुरी कायम राख्न आग्रह समेत गर्नु परेको थियो

करिब २५ सय बोरा मलको माग छ, तर अहिले सम्म कृषि सामग्री कम्पनी शाखा कार्यालय गजुरीले अत्यन्तै न्यून मात्रामा मल पठाएकाले किसानहरुलाई मल वितरणमा समस्या परेको अध्यक्ष बलराम श्रेष्ठले बताउँछन् ।

कृषि सामग्री कम्पनी कम्पनीले सहकारीलाई युरिया मल प्रति बोरा ८ सय १७, डिएपि मल प्रति बोरा २२ सय ६७ र पोटास प्रति बोरा १६ सय ६६ मा विक्री गरेता पनि नीलकण्ठ सहकारीले युरिया मल प्रतिबोरा १ हजारमा बेचेको छ ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...