News Portal

एसियाड फुटबल : नेपालको समूहमा जापान र भिएतनाम

संवाददाता
८६१ पटक

काठमाडौँ — एसियाली खेलकुद अन्तर्गत फुटबलतर्फ दोस्रोपटक गरिएको समूह विभाजनमा नेपाल रहेको समूह डी मा कुनै परिवर्तन भएको छैन । अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इण्डोनेसियामा आयोजना हुने १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलको दुई टोली छुटेका कारण पुन: समूह विभाजन गरिएको थियो  ।

नेपालको समूहमा जापान, भिएतनाम र पाकिस्तान नै कायम छन् । सहभागी २६ राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको छ । ओलम्पिक टोली भएकाले २३ वर्ष माथिका ३ खेलाडी मात्र समावेश गर्न पाइने नियम रहेको छ ।
समूह ए : आयोजक इन्डोनेसिया, हङकङ, लाओस, चाइनिज ताइपेई, प्यालेसटाइन
समूह बी : थाइल्याण्ड, उज्वेकिस्तान, बंगलादेश, कतार
समूह सी : इराक, चीन, टिमोर, सिरिया
समूह ई : दक्षिण कोरिया, कीर्गिस्तान, मलेसिया, बहराइन, संयुक्त अरब इमिरेट्स
समूह एफ : उत्तर कोरिया, साउदी अरब, इरान, म्यानमार
प्रत्यक समूहका शीर्ष दुई टोली अन्तिम १६ मा पुग्नेछन् । समूहमा तेस्रो स्थान प्राप्त गर्ने उत्कृष्ट ४ टोलीले पनि अन्तिम १६ मा स्थान बनाउनेछन् । यसका लागि पाँच टोली सम्मिलित समूहको अन्तिम स्थानमा पर्ने टोलीविरुद्धको नतिजा गणना गरिने छैन ।
नेपालको एसियाड टोली
गोलरक्षक – किरण चेम्जोङ, एलेन न्यौपाने, सोजित गुरुङ
डिफेन्डर – अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ
मिडफिल्डर – रोहित चन्द, विशाल राई, हेमन गुरुङ, हेमन्त थापामगर, सुनिल बल, तेज तामाङ
फरवार्ड – सुमन लामा, विमल घर्तीमगर, अन्जन विष्ट, अभिषेक रिजाल
प्रशिक्षक – ग्योतोकु कोजी
सहायक प्रशिक्षक – बालगोपाल महर्जन

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...