News Portal

एसियाड फुटबल : नेपालको समूहमा जापान र भिएतनाम

संवाददाता
७४७ पटक

काठमाडौँ — एसियाली खेलकुद अन्तर्गत फुटबलतर्फ दोस्रोपटक गरिएको समूह विभाजनमा नेपाल रहेको समूह डी मा कुनै परिवर्तन भएको छैन । अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इण्डोनेसियामा आयोजना हुने १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलको दुई टोली छुटेका कारण पुन: समूह विभाजन गरिएको थियो  ।

नेपालको समूहमा जापान, भिएतनाम र पाकिस्तान नै कायम छन् । सहभागी २६ राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको छ । ओलम्पिक टोली भएकाले २३ वर्ष माथिका ३ खेलाडी मात्र समावेश गर्न पाइने नियम रहेको छ ।
समूह ए : आयोजक इन्डोनेसिया, हङकङ, लाओस, चाइनिज ताइपेई, प्यालेसटाइन
समूह बी : थाइल्याण्ड, उज्वेकिस्तान, बंगलादेश, कतार
समूह सी : इराक, चीन, टिमोर, सिरिया
समूह ई : दक्षिण कोरिया, कीर्गिस्तान, मलेसिया, बहराइन, संयुक्त अरब इमिरेट्स
समूह एफ : उत्तर कोरिया, साउदी अरब, इरान, म्यानमार
प्रत्यक समूहका शीर्ष दुई टोली अन्तिम १६ मा पुग्नेछन् । समूहमा तेस्रो स्थान प्राप्त गर्ने उत्कृष्ट ४ टोलीले पनि अन्तिम १६ मा स्थान बनाउनेछन् । यसका लागि पाँच टोली सम्मिलित समूहको अन्तिम स्थानमा पर्ने टोलीविरुद्धको नतिजा गणना गरिने छैन ।
नेपालको एसियाड टोली
गोलरक्षक – किरण चेम्जोङ, एलेन न्यौपाने, सोजित गुरुङ
डिफेन्डर – अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ
मिडफिल्डर – रोहित चन्द, विशाल राई, हेमन गुरुङ, हेमन्त थापामगर, सुनिल बल, तेज तामाङ
फरवार्ड – सुमन लामा, विमल घर्तीमगर, अन्जन विष्ट, अभिषेक रिजाल
प्रशिक्षक – ग्योतोकु कोजी
सहायक प्रशिक्षक – बालगोपाल महर्जन

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...