News Portal

संबैधानिक, लोकतान्त्रिक र गणतन्त्रात्मक नेपालमा मनुस्मृती ऐन बिध्यमान !

सुरेशसिंह सुनार
२६०२ पटक
२०७७ जेठ १४, बुधवार

अजित मिजार मारेउ, शिवशंकर दास मारेउ, संगीता परियार मारेउ, अस्मिता तोलांगी मारेउ र आज टिकाराम सुनार र नवराज विश्वकर्माहरु मारेउ। पीडितहरु झिनो स्वरमा मात्र बोलिरहेका छन्। उनीहरुको पीडा अनि आवाज कसैले पनि सुनेनन्, सुन्नेहरुले उडाए।

आज पनि मेरो राज्य हत्या हुदा ‘हर्ष बढाई’ हुन्छ, किनकी जसको हत्या भयो उसँग मान्छेको प्रमाणपत्र छैन! फगत उसँग मध्ययुगीन जात मात्रै छ ! जन्मजात, जन्मजात ! यहाँ अत्याचारले सिमा नाधेपछि कवि प्रकाशचन्द्र परियारले यी हरफ यसरी शुरु गर्छन् “मान्छे मारेउकी मानवता!”

जाजरकोट जिल्ला भेरी नगरपालिका वार्ड नं. ४ राना गाउँ बस्ने नबराज बिश्वकर्मा र रुकुम चौरजहारी-८, सोतिकी शुष्मा मल्लवीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो। उक्त प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गर्न खोज्दा सांगठनिक रुपमा योजनाबद्ध तरिकाले कथित उपल्लो जातका भनिएका मानवरुपी दानवहरुले अपराधी जस्तै नबराज बिश्वकर्माको बिभत्स हत्या गरेका छन।

नवराज विश्वकर्मा संगै साथी गएका टिकाराम बिश्वकर्माको पनि हत्या भएको छ। अन्य चार जना गणेश विश्वकर्मा, लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विश्वकर्मा अहिले सम्म बेपत्ता छन्। 

यस घटना जातियताका आधारमा निकै सुनियोजित तरिकाले यस किसिमको क्रुर अमानवीय बिभत्स हत्याले कस्तो सन्देशको दिएको छ? कुनै पनी व्यक्ति, जाती, समाज, धर्म, लिंग र वर्णलाई मात्र नभई सिंगो राष्ट्रका राज्य ब्यबस्था र कानूनलाई समेत चुनौती दिएको छ।

हिजो राज्य र जनयुद्ध संरचनाको उद्धगम तथा शुरुवाती केन्द्रविन्दु समेत रहेको जिल्ला रुकुम। त्यहीबाट राष्ट्रिय गौरवान्वित व्यक्तित्वको थुप्रै राजनीतिज्ञहरुको नेपाली राजनीतिक क्षेत्रमा उदयमान भएको थियो।

नबोली बस्दा अवश्य नै अन्याय हुन्छ होला। फेरी, न्यायका लागि पनी पुग्ने कहाँ ? भन्ने मनोभाव। नेपाली समाज भित्रका कथित समाजले जात स्थापित गरिदिएको छ।

जहाँ जातीयता भित्रका अतिवादको कथित समाजले कहिले चेतना बदल्न सक्छ ? ब्यबहार फेरी पनी उँही मनुस्मृति तथा मनोकल्पित ऐन, मुलुकी ऐन हुदै राष्ट्रमा नयाँ संबिधानको निर्माण गरी लोकतन्त्र स्थापित भएको छ। संबैधानिक, लोकतान्त्रिक हुदै गणतन्त्रमा मुलुक प्रवेश गरिरहदा पनी सामाजिक र सांस्कृतिक हिसाबले हामी जहाँको त्यही नै छौ।

त्यसैको उपज हो जातिय छुवाछुत जस्ता जघन्य र अक्षम्य सामाजिक अपराध २१ औ शताब्दिमा पनी हामी मनुस्मृति र मनोकल्पित नेपालको ऐनलाई बिध्यमान राखिरहेका छौ। आखिर कहिले सम्म हाम्रो समाजमा यसरी र नवराज विश्वकर्मा जस्ता तमाम दलित युवाहरुले समाजमा कथित उपल्लो जातका व्यक्तिहरु सँग अर्न्तजातीय प्रेम सम्बन्धकै आधारमा अनाहकमा ज्यान गुमाउँनुपर्ने ?

मानव अधिकार नामको एउटा चिज हुदैन ? मानव अधिकारकर्मीहरुमा पनी बिनम्र अनुरोध बिशेष ध्यानाकर्षण रहोस ! साथै हामी द्वन्द्वात्मक ब्यबहारलाई परास्त गर्ने भाबनात्मक रुपमा चेतनाको बिकास गरौ, हामी भित्रको दरिद्र सोचलाई बदलौ।

नेपाल प्रहरीले सत्य तथ्य छानबीन गर्नेमा म विश्वस्त रहेको छु ।यस धटनाको छानविनमा कुनै राजनैतिक दबाव रहित हुनु पर्दछ। दोषीलाई कडा कार्यवाही होस। यहाँ उन्मुक्ति दिने प्रयास गरिएको छ भन्ने निकट श्रोतबाट सूचना पाएको छु।

यदी यो सत्य हो भने यहाँ विभेद भएको देखिन्छ। फेरी उन्मुक्ति दिने प्रसास हुने छ। अपराधीलाई कुनै पनि हालतमा संरक्षण गरिनु हुदैन, यसका लागि विभिन्न अधिकारकर्मीहरुको विशेष भूमिका रहोस । 

जो न्यायको पक्षमा हुनुहुन्छ आउनुहोस हामी सबै मिली सामाजिक अपराधको र कथित जातिय द्वन्द्व बिचको मानसिकतालाई निरुत्साहित गरौ ! रुख पनी जराको एक तिहाई रहेको सदियौं देखि कुण्ठित समाजमा बिध्यमान रहेको जातीय छुवाछुत तथा बिभेदको अन्त्य गरौँ ! 

नवराजले आफ्नो प्रेमिकासँग रमाउने सपना देखेका थिए तर धर्तीका मानिसहरूले उनीहरुको प्रेमलीला रुचाएनन। आफ्नै प्रेमिकालाई दुलही बनाएर जन्मधर लान सकेन। किनकी उनी जातीय विभेदको अचानोमा परे। अल विदा नवराज, अल विदा !!

सुरेशसिंह सुनार हाल- मकाउ 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...