आज : २०२६-०६-२१, आइतबार

प्रेम कटवालको गीत भारतबिरूद्धको खबरदारी “हाम्रो भूमि फिर्ता गर” सार्वजनिक (भिडियोसहित)

कुवेत – सबै नेपालीहरुले विभिन्न माध्यमबाट बिरोध गर्ने क्रममा कलाकारहरूले पनि गीतसंगीतको माध्यामबाट घोर बिरोध गरिरहेका छन। नेपाली भुमिमा भारतले सडक निर्माण गरेसंगै भारतबिरूद्ध गायक तथा सर्जक प्रेम कटवालले देशभक्ति गीत “हाम्रो भुमि फिर्ता गर” हालै मात्रै सार्वजनिक गरेका छन्।

यस गीतमा गायक नेत्र भण्डारी, कृष्ण केसी, मिना लामा र सिता केसीले स्वर भरेका छन् भने गायक तथा सर्जक कटवालको उत्कृष्ट शब्द सिर्जनामा रहेको छ। उक्त गीतमा नेत्र भण्डारी र कृष्ण केसीले लय भरेका छन।

सो गीतको म्युजिक भिडियोमा चर्चित कलाकारहरूको अभिनय रहेको छ। हाम्रो पहिचानसहित स्वाभिमान बोकेका नेपालीहरुका लागि नक्सामा भएको जमीन फिर्ता गर्न एक जुट हुन जरुरी रहेको छ। भारतले नेपालको स्वीकृति बिनै भुमि मिचेर बाटो बनाएपछि बिश्वमा रहेका अधिकांश नेपालीले आ-आफ्नै तवरले विरोध गरिरहेका छन्।

भिडियो हेर्न यहा तल क्लिक गर्नुहोस: