News Portal

लकडाउनका कारण मनकामना सुनसान, केवलकार सेवा पनि बन्द

हिमाली संचार संवाददाता
६६४ पटक
२०७७ जेठ ४, आईतबार

गोरखा – भक्तजनको भिड, व्यापारीलाई फूल, प्रसाद बेच्न भ्याइ नभ्याइ होटल व्यवसायीको व्यस्तता उस्तै। सेल्फी हान्नेदेखि फोटो खिचाउनेको जमात उत्तिकै। लकडाउनअघि मनकामनाको अवस्था यस्तै हुन्थ्यो। दैनिक चार हजार भन्दा बढी भक्तजन हुन्थे तर यही ठाउँ अहिले सुनसान छ। लकडाउनका कारण घर भाडामा लिएर होटल र पसल सञ्चालन गर्नेहरु मारमा परेका छन्। ‘घर खर्च टर्ने नै यही होटलबाट हो,’ भाडामा व्यापार गर्दै आएका रजिन थापा मगर भन्छन्, ‘तर लक डाउनले होटल बन्द भएको करिव दुई महिना हुन लाग्यो, पैसा आउने बाटो कतै छैन।’

लकडाउनका कारण व्यवसायिक रुपमा ठूलो क्षति व्यहोर्नुपरेको स्थानीय व्यापारी मनोज जोशी बताउछन्। ‘यो बैशाख महिना सिजनको समय हो, यो समयमा यहाँका सबै होटलहरु भरिन्थे, राम्रै आम्दानी हुन्थ्यो तर अहिले न भक्तजन छन् न आम्दानी।’ दैनिक ५० देखि ६० लाख रुपैयाँसम्म कारोबार हुने मनकामनाको व्यापार व्यवसाय अहिले ठप्प रहेको गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाइ अध्यक्ष हरि श्रेष्ठ बताउँछन्।

मनकामनामा करिब एक सय भन्दा बढी होटलहरु सञ्चालनमा रहेको बताउँदै उनले भने, ‘होटल व्यवसायी मध्य ३० प्रतिशत बाहिरबाट आएर यहाँ भाडामा व्यवसाय सञ्चालन गरिरहेका छन्, लकडाउनले उहाँहरु थप समस्यामा पर्नुभएको छ।’ भाडामा बस्ने व्यवसायीलाई राहत पुग्ने गरी एक महिनाको भाडा छुट गराउने एजेण्डा अगाडी सारिएको उनले बताए। ‘बन्द अवधिभर भाडा नलिए हुन्थ्यो भन्ने आग्रह भाडामा बस्ने व्यवसायीहरुको छ, त्यसको लागि हामीले घरधनीसँग छलफल अघि बढाएका छौ,’ उनले भने।

लकडाउनसँगै मनकामना मन्दिरमा भक्तजनलाई पूजाआजामा रोक लगाइएको हो। अहिले बिहान बेलुकी नृत्य पुजा र आतरीका लागि मात्र मन्दिर खेल्ने गरेको पुजारी इन्सान थापा मगर बताउँछन्। ‘लकडाउनअघि बिहान ५ बजेदेखि राति नौ/दश बजेसम्म मन्दिर खुल्थ्यो, भक्तजनको भिड त्यत्तिकै, तर अहिले सुनसान छ, बिहान नित्य पुजा र बेलुकी घाम अस्ताएपछि आरती गर्न मन्दिर खोल्छौं, अरु बेला ढोकामा चावी लाग्छ,’ उनले भने।

मनकामना केवलकार घाटामा !

लकडाउनका कारण करौडौ घाटा व्यहोर्नुपरेको मनकामना दर्शन प्रालिले जनाएको छ। दैनिक ३५ सयभन्दा बढी यात्रुको भिड हुने भए पनि अहिले सुनसान रहेको प्रालिका नायव प्रवन्धक डीएन कायस्थले बताए। ‘असोजदेखि असारसम्म मनकामना दर्शन गर्न आउने भक्तजनको चाप हुने सिजन हो,’ उनले भने, ‘तर यही समयमा सेवा बन्द गर्नुपर्‍यो।’

वैशाख महिनामा दैनिक ९ हजारसम्म यात्रु भएको उनी सम्झन्छन्। कोरोना भाइरसका कारण गत चैत्र ८ गतेबाट केवलकार सेवा बन्द गरिएको हो। सेवा बन्द भए पनि विद्युत महशुलको न्यूनतम शुल्क, प्रशासनिक र कर्मचारी खर्च भइरहेको उनले बताए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...