News Portal

गाउँमा खानेपानी आएपछि स्थानीय खुशी

हिमाली संचार संवाददाता
८२२ पटक

सरिता चलाउने,
सल्यान – वर्षौंदेखि पानीको संकट भोगीरहेको सलयानको वनगाड कुपिण्डे–८ कौछेमा खानेपानी पुगेपछि स्थानीयहरु खुसी भएका छन् । लिफ्ट प्रणालीमार्फत गाउमा पानी पुगेपछि पानीको चरम संकटबाट गाउ मुक्त भएको छ ।

गाउमा खानेपानी नहुँदा ३ घन्टा पैदल हिडेर खानेपानी ल्याउने गरेको खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष चुडामणी पुनले बताए । “गाउमा खानेपानीको समस्या हँुदा वालवालिका विद्यालय जान पाएनन् सवैको घरमा उनिहरुलाई पानी ओसार्ने काममा लगाउने वाध्यता थियो ।”पुनले भने । नगरपालिकालाई खुला दिशा मुक्त घोषणा गर्दा शौचालय निर्माण गरिएको भएपनि पानीको अभावका कारण प्रयोग ल्याउन नसकेको पुनको भनाई छ ।

“गाउँमा वर्षौ देखि पानीको अभाव थियो पानीकै लागि भौतारिनु प¥यो अव,राम्रोसंग शौचालय प्रयोग गर्न पाइएन,गाउमा पानी आयो हामी खुसी छौं गाउँमा दुखका दिन गए ।”पुनले भने ।

करिव ४१ लाख रुपैयाको लागतमा सम्पन्न भएको आयोजनाबाट ५८ घरधुरीका लागि १२ वटा धाराहरु निर्माण गरिएको दलित विकास समाज सल्यानका अध्यक्ष निम वहादुर नेपालीले जानकारी दिए । उनले भने “सल्यानमा धेरै स्थानहरुमा खानेपानीको अभाव छ तर पनि कौछेमा चरम संकट र विपन्न परिवार धेरै देखिएकोले संस्थाले योजना निर्माणका लागि कौछेलाई छनौट गरेको हो ।” वहुउद्देश्यीय योजना भएकोले योजनाबाट २२ रोपनी जमिनमा सिंचाई पनि सुविधा उपलव्ध हुने अध्यक्ष नेपालीले बताए ।

नगरपालिकको ध्यान नपुगेको ठाउमा संस्थाले विकासलाई गति दिएकोमा वनगाड कुपिण्डे नगरपालिकाका उप प्रमुख मञ्जु यरीले धन्यवाद दिइन । उनले भनिन “स्थानीय सरकारको आँखा सवै ठाउमा पुग्न सकेको छै्रन यस्तो ठाउमा संस्थाले योजना सम्पन्न गरेको छ हामी खुशी छौ ।”

साढे ४ किलोवाट सोलार प्रणाली जडान गरिएको आयोजनाबाट दैनिक १९ हजार १ सय लिटर पानी संकलन हुने गरेको छ । खानेपानी प्रयोग पछि वाँकी पानी सिंचाईका लागि प्रयोग गर्नका लागि ७ वटा अफटेक(सिँचाइ धारा)निर्माण गरिएको छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र तथा पहल परियोजनाको सहयोग तथा दलित विकास समाज सल्यानको आयोजनामा सम्पन्न गरिएको हो । (नेस)

प्रतिकृया दिनुहोस्

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...