News Portal

गाउँमा खानेपानी आएपछि स्थानीय खुशी

हिमाली संचार संवाददाता
८८८ पटक

सरिता चलाउने,
सल्यान – वर्षौंदेखि पानीको संकट भोगीरहेको सलयानको वनगाड कुपिण्डे–८ कौछेमा खानेपानी पुगेपछि स्थानीयहरु खुसी भएका छन् । लिफ्ट प्रणालीमार्फत गाउमा पानी पुगेपछि पानीको चरम संकटबाट गाउ मुक्त भएको छ ।

गाउमा खानेपानी नहुँदा ३ घन्टा पैदल हिडेर खानेपानी ल्याउने गरेको खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष चुडामणी पुनले बताए । “गाउमा खानेपानीको समस्या हँुदा वालवालिका विद्यालय जान पाएनन् सवैको घरमा उनिहरुलाई पानी ओसार्ने काममा लगाउने वाध्यता थियो ।”पुनले भने । नगरपालिकालाई खुला दिशा मुक्त घोषणा गर्दा शौचालय निर्माण गरिएको भएपनि पानीको अभावका कारण प्रयोग ल्याउन नसकेको पुनको भनाई छ ।

“गाउँमा वर्षौ देखि पानीको अभाव थियो पानीकै लागि भौतारिनु प¥यो अव,राम्रोसंग शौचालय प्रयोग गर्न पाइएन,गाउमा पानी आयो हामी खुसी छौं गाउँमा दुखका दिन गए ।”पुनले भने ।

करिव ४१ लाख रुपैयाको लागतमा सम्पन्न भएको आयोजनाबाट ५८ घरधुरीका लागि १२ वटा धाराहरु निर्माण गरिएको दलित विकास समाज सल्यानका अध्यक्ष निम वहादुर नेपालीले जानकारी दिए । उनले भने “सल्यानमा धेरै स्थानहरुमा खानेपानीको अभाव छ तर पनि कौछेमा चरम संकट र विपन्न परिवार धेरै देखिएकोले संस्थाले योजना निर्माणका लागि कौछेलाई छनौट गरेको हो ।” वहुउद्देश्यीय योजना भएकोले योजनाबाट २२ रोपनी जमिनमा सिंचाई पनि सुविधा उपलव्ध हुने अध्यक्ष नेपालीले बताए ।

नगरपालिकको ध्यान नपुगेको ठाउमा संस्थाले विकासलाई गति दिएकोमा वनगाड कुपिण्डे नगरपालिकाका उप प्रमुख मञ्जु यरीले धन्यवाद दिइन । उनले भनिन “स्थानीय सरकारको आँखा सवै ठाउमा पुग्न सकेको छै्रन यस्तो ठाउमा संस्थाले योजना सम्पन्न गरेको छ हामी खुशी छौ ।”

साढे ४ किलोवाट सोलार प्रणाली जडान गरिएको आयोजनाबाट दैनिक १९ हजार १ सय लिटर पानी संकलन हुने गरेको छ । खानेपानी प्रयोग पछि वाँकी पानी सिंचाईका लागि प्रयोग गर्नका लागि ७ वटा अफटेक(सिँचाइ धारा)निर्माण गरिएको छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र तथा पहल परियोजनाको सहयोग तथा दलित विकास समाज सल्यानको आयोजनामा सम्पन्न गरिएको हो । (नेस)

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...