News Portal

हेटौडामा बैंक लुट्ने प्रयास, मनी ट्रान्सफर र वडा कार्यालय लुटियो

हिमाली संचार संवाददाता
६१५ पटक

हेटौंडा – नेपालीहरुको ठूलो चाडपर्व नजिकिएसँगै बैंक,बित्तिय संस्था तथा मनी ट्रान्सफरहरुमा चोरको नजर पर्न थालेको छ । बुधबार राति हेटौंडाका ३ स्थानमा चोरी भएका छन् । दुई घटनामा चोरी र एक स्थानमा प्रयास गरिएको देखिएको छ । वडा नम्बर १०,टीसीएनरोडस्थित अतिव्यस्त रहने ठाउँमा रहेको एसबीआई बैंक लुट्ने प्रयास भएको छ ।

टीसीएनरोडको सीता भवनमा रहेको बैंकमा बाहिर सटरहरुमा लगाइएका सबै ताला फोडिएको अवस्थामा फेला परेको छ । बैंकमा रकम चोरी भएको छ वा छैन भन्ने विषय हालसम्म खुलेको छैन । प्रहरी घटनास्थल पुगेको छ । उता, हेटौंडाको राप्तिरोडमा बसपार्कनजिक रहेको साथीको मनी ट्रान्सफरमा ताला फोरेर रकम लुटिएको छ । मकवानपुर प्रहरीका अनुसार साथीको मनी ट्रान्सफरबाट रकम लुटिएको हो ।

साथीको मनी ट्रान्सफरमा ताला फुटाएर नगद लुटिएको छ । मनी ट्रान्सफर सञ्चालक सुनिल श्रेष्ठका अनुसार करिब ७० हजार नगद लुटिएको छ भने धेरै मात्रामा रिचार्जकार्ड लुटिएको छ । कति रकम बराबरको रिचार्ज कार्ड लुटिएको भन्नेबारे बुझ्ने काम भइरहेको उहाँले बताउनुभयो । पसलबाट करिब १ लाख २५ हजारभन्दा बढी लुटिएको अनुमान छ ।

साथीको मनी ट्रान्सफरमा सीसीटिभीमा रेकर्ड भएको फुटेजका अनुसार लुटेरा विहीबार विहान २ बजेर ३८ मिनेटमा पसलमा प्रवेश गरेको र २ बजेर ४५ मिनेट जाँदा लुटेर फरार भएको देखिएको छ ।

पछाडि झोला भिरेर सेतो टीसर्ट र कालो हाफ प्यान्ट तथा चप्पलमा भित्र छिरेका लुटेराले गम्छाले अनुहार ढाकेको देखिएको छ । हातमा टर्च बोकेर आएको देखिएको लुटेराले सीसीटिभी क्यामेरातर्फ हेर्न भ्याएका छन् ।

हेटौंडाको वडा नम्बर १, चाइनाक्वार्टरमा रहेको वडा कार्यालयमा पनि तोडफोड तथा चोरी भएको छ । कार्यालय फोरेर दराज तोडफोड गरी फाइललगायत अन्य सामग्री चोरिएको अबस्थामा भेटिएको हो । कार्यालयमा रहेको कुल ६१ हजार ५० रुपियाँसहित महत्वपूर्ण कागजात चोरी भएको वडा अध्यक्ष सबिन न्यौपानेले बताउनुभयो ।

वडा सचिव शान्ता लौडारीलाई छोरीले पठाएको नगद २० हजार र सेवाग्राहीलाई विभिन्न सेवा दिएवापत् रसिद काटेर संकलन गरिएको ४१ हजार ५० रुपियाँ चोरी भएको वडा अध्यक्ष न्यौपानेले बताउनुभयो । बैंकमा ताला फोड्ने,मनी ट्रान्सफर र वडा कार्यालयमा चोरी गर्ने व्यक्ति एउटै भएको आशंका छ । (नेस)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...