News Portal

हेटौडामा बैंक लुट्ने प्रयास, मनी ट्रान्सफर र वडा कार्यालय लुटियो

हिमाली संचार संवाददाता
७५० पटक

हेटौंडा – नेपालीहरुको ठूलो चाडपर्व नजिकिएसँगै बैंक,बित्तिय संस्था तथा मनी ट्रान्सफरहरुमा चोरको नजर पर्न थालेको छ । बुधबार राति हेटौंडाका ३ स्थानमा चोरी भएका छन् । दुई घटनामा चोरी र एक स्थानमा प्रयास गरिएको देखिएको छ । वडा नम्बर १०,टीसीएनरोडस्थित अतिव्यस्त रहने ठाउँमा रहेको एसबीआई बैंक लुट्ने प्रयास भएको छ ।

टीसीएनरोडको सीता भवनमा रहेको बैंकमा बाहिर सटरहरुमा लगाइएका सबै ताला फोडिएको अवस्थामा फेला परेको छ । बैंकमा रकम चोरी भएको छ वा छैन भन्ने विषय हालसम्म खुलेको छैन । प्रहरी घटनास्थल पुगेको छ । उता, हेटौंडाको राप्तिरोडमा बसपार्कनजिक रहेको साथीको मनी ट्रान्सफरमा ताला फोरेर रकम लुटिएको छ । मकवानपुर प्रहरीका अनुसार साथीको मनी ट्रान्सफरबाट रकम लुटिएको हो ।

साथीको मनी ट्रान्सफरमा ताला फुटाएर नगद लुटिएको छ । मनी ट्रान्सफर सञ्चालक सुनिल श्रेष्ठका अनुसार करिब ७० हजार नगद लुटिएको छ भने धेरै मात्रामा रिचार्जकार्ड लुटिएको छ । कति रकम बराबरको रिचार्ज कार्ड लुटिएको भन्नेबारे बुझ्ने काम भइरहेको उहाँले बताउनुभयो । पसलबाट करिब १ लाख २५ हजारभन्दा बढी लुटिएको अनुमान छ ।

साथीको मनी ट्रान्सफरमा सीसीटिभीमा रेकर्ड भएको फुटेजका अनुसार लुटेरा विहीबार विहान २ बजेर ३८ मिनेटमा पसलमा प्रवेश गरेको र २ बजेर ४५ मिनेट जाँदा लुटेर फरार भएको देखिएको छ ।

पछाडि झोला भिरेर सेतो टीसर्ट र कालो हाफ प्यान्ट तथा चप्पलमा भित्र छिरेका लुटेराले गम्छाले अनुहार ढाकेको देखिएको छ । हातमा टर्च बोकेर आएको देखिएको लुटेराले सीसीटिभी क्यामेरातर्फ हेर्न भ्याएका छन् ।

हेटौंडाको वडा नम्बर १, चाइनाक्वार्टरमा रहेको वडा कार्यालयमा पनि तोडफोड तथा चोरी भएको छ । कार्यालय फोरेर दराज तोडफोड गरी फाइललगायत अन्य सामग्री चोरिएको अबस्थामा भेटिएको हो । कार्यालयमा रहेको कुल ६१ हजार ५० रुपियाँसहित महत्वपूर्ण कागजात चोरी भएको वडा अध्यक्ष सबिन न्यौपानेले बताउनुभयो ।

वडा सचिव शान्ता लौडारीलाई छोरीले पठाएको नगद २० हजार र सेवाग्राहीलाई विभिन्न सेवा दिएवापत् रसिद काटेर संकलन गरिएको ४१ हजार ५० रुपियाँ चोरी भएको वडा अध्यक्ष न्यौपानेले बताउनुभयो । बैंकमा ताला फोड्ने,मनी ट्रान्सफर र वडा कार्यालयमा चोरी गर्ने व्यक्ति एउटै भएको आशंका छ । (नेस)

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...