News Portal

काँग्रेस महामन्त्री खड्काद्वारा कोरोना संक्रमणबाट सुरक्षित रहन कर्णाली प्रदेश सरकारलाई आग्रह

हिमाली संचार संवाददाता
१९८९ पटक
२०७७ वैशाख २३, मंगलवार

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुुर खड्काले छिमेकी प्रदेशहरुमा देखिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै सुरक्षित हुने वातावरण मिलाउन कर्णाली प्रदेश सरकारलाई आग्रह गरेका छन्।

सोमवार आफ्नो फेसबुकमा लेख्दै महामन्त्री खड्काले कर्णाली प्रदेशको दक्षिण नाकातर्फ रहेको प्रदेश ५ मा एकैपटक धेरैमा देखिएको कोरोना संक्रमणले कर्णाली प्रदेशका लागि पनि खतराको घण्टी बजेको भन्दै यसमा ध्यान दिन आग्रह गरेका हुन।

‘कर्णाली प्रदेशको मुल प्रवेशद्वार बाँकेमा एकैपटक डरलाग्दो रुपमा समुदायमा देखिएको कोरोना संक्रमणको विस्तारको अवस्थालाई हेर्दा कर्णाली प्रदेशमा ठूलो जोखिम पर्ने देखियो।

हामीले एकताबद्ध र बुद्धिमतापूर्ण तरिकाले यसबारे सोच्नुपर्छ।’ उनले फेसबुकमा लेखेका छन्। दक्षिणतर्फबाट हुनसक्ने कोरोनाको संभावित संक्रमणको आकलन गरी सोही बमोजिम व्यवस्थापन र सतर्कतातर्फ समयमै ध्यान दिन महामन्त्री खड्काले प्रदेश सरकारलाई आग्रह गरेका हुन।

यसअघि दक्षिणतर्फबाट कर्णाली प्रदेशमा प्रवेश गरेका नागरिकको द्रुत गतिमा कोरोनासम्बन्धी परीक्षण गर्न पनि उनले आग्रह गरेका छन्। उनले आरडिटी परीक्षणको भर नपरी अनिवार्य पिसीआर प्रविधिबाट परीक्षण गर्न पनि प्रदेश सरकारलाई आग्रह गरेका छन।

यस्तै प्रदेशको दक्षिणमा रहेको बबई नाका र पश्चिममा रहेको कुईने नाकामा व्यवस्थित क्वरेन्टिनको प्रयोग गर्न पनि महामन्त्री खड्काले आग्रह गरेका छन्।

प्रवेश द्वारहरुमा परीक्षणको भरपर्दो व्यवस्थापन गर्न, अत्यावश्यक अवस्थामा कसैलाई जान वा आउन दिनुपर्ने भएमा अनिवार्य परीक्षण गरेर मात्र आवतजावत गर्न दिन पनि उनले प्रदेश सरकारलाई आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...