News Portal

तारे होटल बन्द गर्ने निर्णयप्रति सरकारको असहमति

हिमाली संचार संवाददाता
६४८ पटक

काठमाडौं – होटल संघ नेपाल      (हान) ले       होटल व्यवसायीका समस्या सम्बोधन नभए भयावह अवस्था आउने चेतावनी दिएको छ । ६ महिनासम्म होटल बन्द गर्ने गरी गरेको निर्णयप्रति सरकारले असहमति जनाएपछि हानले यस्तो चेतावनी दिएको हो । आइतबार हानले ६ महिना होटल व्यवसाय बन्द गरी श्रमिकहरुलाई १२ प्रतिशत तलब दिने र त्यसमा असहमति जनाए कामदार नै कटौती गर्ने निर्णय गरेको थियो । हानको उक्त निर्णयप्रति असहमित जनाउँदै नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हानसँग सोमबार छलफल गरेको थियो ।

छलफलमा हानका पदाधिकारीहरुले व्यवसायी र श्रमिक दुबै पक्षका कुराहरु सम्बोधन नभए भयावह अवस्था सिर्जना हुने चेतावनी दिएका छन् । विश्वका धेरै होटल र पर्यटन व्यवसाय बन्द हुँदा कर्मचारी कटौती गरिरहेपनि नेपालमा त्यो अवस्था सिर्जना हुन नदिन उचित निर्णय हुनुपर्ने हानले बताएको छ । अहिलेको समस्यालाई सबैले इमानदारीपूर्वक सम्बोधन गर्नुपर्ने होटल संघ नेपाल (हान) का कानूनी सल्लाहकार गान्धी पण्डितले बताए । होटल व्यवसायीहरुको समस्यामा आँखा चिम्लेर बसे अन्य क्षेत्रमा पनि आगो सल्किन सक्ने चेतावनी उनले दिए । उनले भने, ‘समस्यालाई सबैले इमानदारपूर्वक सम्बोधन गरेमा ठूलो समस्या हुँदैन तर आँखा चिम्लेर बस्यो भने भयावह अवस्था आउन सक्छ । यो समस्या होटल व्यवसायीहरुको मात्रै होइन अन्य क्षेत्रमा पनि सल्किन सक्छ । यसलाई समयमै सरकार र सम्बन्धित पक्षले ध्यान दिनुपर्छ ।’

सोमबार हानका पदाधिकारी र सरकारी पक्षबीच ८, १० महिनासम्म होटल व्यवसाय बन्द भए के गर्न सकिन्छ भन्ने विषयमा गम्भिर छलफल भएको उनले बताए । लामो समय होटल व्यवसाय बन्द हुने अवस्थामा सरकारले गर्न सक्ने सहयोगका विषयमा पनि छलफल भएको उनले बताए । व्यवसायी र श्रमिकहरु दुबै पक्षलाई राहत पुग्ने सहमतिमा पुग्न सकिने संकेत आजको छलफलबाट मिलेको उनको भनाई छ । उनले भने,‘समस्या होटल सञ्चालकहरुको मात्रै होइन । श्रमिक, व्यवसायी र राज्यको पनि समस्या हो । भोली बेरोजगारीको अवस्था आउन सक्छ । यसलाई त्रिपक्षीय रुपमा छलफल गरेर होटल, श्रमिक कसैलाई पनि मार नपरोस भनेर सोमबार छलफल भयो ।’

अर्को बैठक बैशाख २९ गते बस्ने भएको छ । हानले आइतबार आगमी असोज मसान्त सम्म होटल व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो । पूर्ण रुपमा होलट बन्द हुने अवस्थामा कामदारलाई १२ दशमलव ५ प्रतिशत मात्रै तलब दिने तर कामदारले त्यसमा असहमति जनाए आंशिक वा पूर्ण रुपमा कामदार कटौतीको प्रकृया सुरु गर्ने निर्णय पनि गरेको थियो । कोभिड—१९ को असर अहिले होटल व्यवसायमा पनि परेको छ ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...