News Portal

फुटबलर समिक्षा मगरलाई मनाङ मर्स्याङ्दीद्वारा आर्थिक सहयोग

हिमाली संचार संवाददाता
८१६ पटक
२०७७ वैशाख २१, आइतबार

काठमाडौं – नेपालको चर्चित ए डिभिजन फुटबल क्लब मनाङ्ग मर्स्याङ्गदी क्लबले १६ वर्षिया फुटबलर समिक्षा थापा मगरको आँखा उपचारका लागि ३० हजार नगद सहयोग गरेको छ।

दुर्घटनामा परेर एउटा आँखामा गम्भिर चोट बोकेकी समिक्षाको उपचारका लागि मनाङ्गले शनिबार समिक्षाको परिवारलाई उक्त रकम सहयोग गरेको हो।

उनी अहिले विराटनरस्थित आँखा अस्पतालमा उपचार गराउँदैछिन्। समिक्षा १६ बर्ष मुनिको नेपाली महिला टोलीका खेलाडी हुन। खेतमा काम गर्नेक्रममा दाहिने आँखामा ढुंगा छिरेपछि समस्या भएको हो।

अहिले उनको आँखा नै गुम्ने खतरा बढेको छ। उनलाई बैशाख १३ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो तर, त्यहाँ उपचार सम्भव नभएपछि बिहिबार मात्र उनलाई विराटनगर रिफर गरिएको थियो।

यसअघि नेपाली महिला राष्ट्रिय टिमले ५० हजार तथा राष्ट्रिय पुरुष फुटबल खेलाडीहरुले ३० हजार तथा अन्डर २३ का खेलाडीहरुले १० हजार सहयोग गरेका थिए।

त्यस्तै विराट सांग्रिला स्पोर्टिङ्ग क्लबले २५ हजार तथा न्यू ब्यालेन्स नेपालले १० हजार नगद समिक्षाको उपचारार्थ सहयोग गरेका थिए।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...