News Portal

फुटबलर समिक्षा मगरलाई मनाङ मर्स्याङ्दीद्वारा आर्थिक सहयोग

हिमाली संचार संवाददाता
७३१ पटक
२०७७ वैशाख २१, आइतबार

काठमाडौं – नेपालको चर्चित ए डिभिजन फुटबल क्लब मनाङ्ग मर्स्याङ्गदी क्लबले १६ वर्षिया फुटबलर समिक्षा थापा मगरको आँखा उपचारका लागि ३० हजार नगद सहयोग गरेको छ।

दुर्घटनामा परेर एउटा आँखामा गम्भिर चोट बोकेकी समिक्षाको उपचारका लागि मनाङ्गले शनिबार समिक्षाको परिवारलाई उक्त रकम सहयोग गरेको हो।

उनी अहिले विराटनरस्थित आँखा अस्पतालमा उपचार गराउँदैछिन्। समिक्षा १६ बर्ष मुनिको नेपाली महिला टोलीका खेलाडी हुन। खेतमा काम गर्नेक्रममा दाहिने आँखामा ढुंगा छिरेपछि समस्या भएको हो।

अहिले उनको आँखा नै गुम्ने खतरा बढेको छ। उनलाई बैशाख १३ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो तर, त्यहाँ उपचार सम्भव नभएपछि बिहिबार मात्र उनलाई विराटनगर रिफर गरिएको थियो।

यसअघि नेपाली महिला राष्ट्रिय टिमले ५० हजार तथा राष्ट्रिय पुरुष फुटबल खेलाडीहरुले ३० हजार तथा अन्डर २३ का खेलाडीहरुले १० हजार सहयोग गरेका थिए।

त्यस्तै विराट सांग्रिला स्पोर्टिङ्ग क्लबले २५ हजार तथा न्यू ब्यालेन्स नेपालले १० हजार नगद समिक्षाको उपचारार्थ सहयोग गरेका थिए।

प्रतिकृया दिनुहोस्

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...