News Portal

वामदेवलाई प्रधानमन्त्री बनाउन लिखित सहमति : भीम रावल (भिडियो सहित)

माधव नेपालद्धारा ओलीको प्रस्ताव अस्विकार !

हिमाली संचार संवाददाता
१३६६ पटक
२०७७ वैशाख २० शनिबार

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष बनाउन गरेको प्रस्ताव माधव नेपालले अस्विकार गरेको जानकारी दिएका छन्।

शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। आफूहरुले हिजोमात्रै अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेको र विचार परामर्श गरेको रावलले सुनाए।

उनले भने, हामीले उहाँहरुसँग विचार विमर्श गर्दा स्थायी कमिटी बैठक बोलाउन लिखित रुपमा हस्ताक्षर गरेर बुझाएका छौं। तत्काल बैठक बोलाउन भनेका छौं। अर्को कुरा, बालुवाटारबाट हस्ताक्षर भैरहेको छ। हामीले पनि हस्ताक्षर गराउनुपर्ने हो कि के हो ? भनेर सोध्यौं।

रावलले बरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने भनेर प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको प्रस्ताव नेता नेपालले ठाडै अस्विकार गरिदिएको जानकारी दिएका छन्। उनले भने-“नेता नेपालले हामीसँग यो मेरो माग पनि होईन। चाहना पनि छैन भन्नुभएको छ। पार्टीमा हुँदै नभएको तीन वटा अध्यक्ष राखेर राम्रो हुँदैन् र, यो कुरा मलाई मान्य हुँदैन भन्नुभयो।”

प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावमा बरिष्ठ नेता नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहालको विरोध नभएकोले सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा दिनेबारे लिखित रुपमा लेख्ने र गौतमलाई कानूनका कुन विधि र प्रक्रियाबाट प्रधानमन्त्री बनाउने भन्नेबारे स्पष्ट रुपमा लेखिनुपर्नेबारे आफूहरुको जोड रहेको पनि उनले सुनाए। उनले भने-“प्रधानमन्त्री बनाउने भनेर प्रस्ताव ल्याउने व्यक्तिलाई यो कुरा थाहा होला। प्रधानमन्त्री ओलीले प्रस्ताव ल्याएपछि हामी पनि छलफल गर्छौं भन्नुभएको छ।”

उनले पार्टीको विधि, विधान र निर्णय मानेर अघि बढ्दा समस्याको समाधान हुने विश्वास दिलाए। रावलले पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउन र त्यहाँ बहुमत कसको छ ? भनेर प्रमाणित गरे भईगयो नि त भनेर ओली पक्षलाई सार्वजनिक चूनौतिसमेत दिएका छन्।

रावलले नेकपा कुनैपनि हालतमा नफुट्ने जिकिर गरे। उनले माधव नेपाल प्रधानमन्त्री हुँदा पार्टीको केन्द्रीय कमिटीले राजीनामाको कुरा गर्दा बिना हिचकिचाहट राजीनामा दिएको पनि स्मरण गराए।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...