News Portal

वामदेवलाई प्रधानमन्त्री बनाउन लिखित सहमति : भीम रावल (भिडियो सहित)

माधव नेपालद्धारा ओलीको प्रस्ताव अस्विकार !

हिमाली संचार संवाददाता
१३८९ पटक
२०७७ वैशाख २० शनिबार

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष बनाउन गरेको प्रस्ताव माधव नेपालले अस्विकार गरेको जानकारी दिएका छन्।

शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। आफूहरुले हिजोमात्रै अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेको र विचार परामर्श गरेको रावलले सुनाए।

उनले भने, हामीले उहाँहरुसँग विचार विमर्श गर्दा स्थायी कमिटी बैठक बोलाउन लिखित रुपमा हस्ताक्षर गरेर बुझाएका छौं। तत्काल बैठक बोलाउन भनेका छौं। अर्को कुरा, बालुवाटारबाट हस्ताक्षर भैरहेको छ। हामीले पनि हस्ताक्षर गराउनुपर्ने हो कि के हो ? भनेर सोध्यौं।

रावलले बरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने भनेर प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको प्रस्ताव नेता नेपालले ठाडै अस्विकार गरिदिएको जानकारी दिएका छन्। उनले भने-“नेता नेपालले हामीसँग यो मेरो माग पनि होईन। चाहना पनि छैन भन्नुभएको छ। पार्टीमा हुँदै नभएको तीन वटा अध्यक्ष राखेर राम्रो हुँदैन् र, यो कुरा मलाई मान्य हुँदैन भन्नुभयो।”

प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावमा बरिष्ठ नेता नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहालको विरोध नभएकोले सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा दिनेबारे लिखित रुपमा लेख्ने र गौतमलाई कानूनका कुन विधि र प्रक्रियाबाट प्रधानमन्त्री बनाउने भन्नेबारे स्पष्ट रुपमा लेखिनुपर्नेबारे आफूहरुको जोड रहेको पनि उनले सुनाए। उनले भने-“प्रधानमन्त्री बनाउने भनेर प्रस्ताव ल्याउने व्यक्तिलाई यो कुरा थाहा होला। प्रधानमन्त्री ओलीले प्रस्ताव ल्याएपछि हामी पनि छलफल गर्छौं भन्नुभएको छ।”

उनले पार्टीको विधि, विधान र निर्णय मानेर अघि बढ्दा समस्याको समाधान हुने विश्वास दिलाए। रावलले पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउन र त्यहाँ बहुमत कसको छ ? भनेर प्रमाणित गरे भईगयो नि त भनेर ओली पक्षलाई सार्वजनिक चूनौतिसमेत दिएका छन्।

रावलले नेकपा कुनैपनि हालतमा नफुट्ने जिकिर गरे। उनले माधव नेपाल प्रधानमन्त्री हुँदा पार्टीको केन्द्रीय कमिटीले राजीनामाको कुरा गर्दा बिना हिचकिचाहट राजीनामा दिएको पनि स्मरण गराए।

प्रतिकृया दिनुहोस्

नयाँ शक्तिप्रति जनताको भरोसा : राष्ट्रिय स्वतन्त्र पार्टीमाथि ठूलो जिम्मेवारी

काठमाडौँ -नेपाली राजनीतिमा यतिबेला महत्वपूर्ण मोड आएको देखिएको छ। लामो समयदेखि सत्ता चलाउँदै आएका पुराना...

आज २०८२ साल फागुन २४ गतेको राशिफल

आज फागुन २४, २०८२ ( मार्च ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...