News Portal

गैरकानुनी आप्रवासीलाई बिना जरिवाना स्वदेश फर्काउदै कुवेत

नेपाल सरकार मौन !

हरि बानियाँ
१०९५ पटक
अप्रिल ५, २०२० आइतबार

कुवेत – कुवेतमा वर्षौ देखि अवैधानिक रुपमा काम गर्दै आएका आप्रवासी कामदारहरुलाई बिना जरिबाना कुवेत सरकारले आफ्नो मुलुक फर्कने अवसर दिएकाे छ। अप्रिल १ तारिखदेखि ३० तारीखसम्म निश्चित समयमा आफ्नो मुलुक जाने यो सुनौलो अवसर प्रदान गरेको भएपनी नेपालीहरुलाइ भने २६ तारीखदेखि ३० तारीखसम्म समय दिएको छ।

यो अवसरमा सहभागी भएर नेपाल जानको लागि २६ अप्रिलदेखि ३० अप्रिलसम्म समय दिइएको हो। यो सेवाको लागि पुरुष कामदारहरुको लागि हरेक दिन बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म फर्वानिया अल मुतना स्कुल उबज स्कुल ब्लग १ स्टेट न.१२२ र महिला कामदारका लागि फर्वानिया गर्लेस स्कुल ब्लग १ स्टेट न.७६ ठेगानामा सम्बन्धित व्यक्ति स्वयं उपस्थिति हुनुपर्ने छ।

नेपाली राजदूतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीसंग हामीले एम्नेसटि खुलेको बारे किन सूचना निकालिएन भनि बुझेका थियौं। यतिबेला नेपालमा एयरपोर्ट, होटेल र यातायात सेवा समेत बन्द छ। त्यसैकारणले कसरी नेपाल पठाउने भन्ने बारे नेपाल सरकारसंग कुराकानी भईरहेकाे राजदूत भण्डारीले हिमालीसंचारलाई जानकारी दिनुभयाे।

कुवेतमा अवैधानिक रुपमा बस्दै आएको अन्य देशहरूका नागरिकसहित नेपालीहरुका लागि यो राम्रो अवसर हो। अनुमानित तीन हजारदेखि चार हजारसम्म गैरकानुनी रुपमा कुवेतमा नेपालीहरु काम गरिरहेका छन।

कुवेत सरकारले विश्वमा फैलिएको महामारी काेरना भाईरसबाट बच्न आफ्नो नागरिकलाई विभिन्न देशबाट कुवेत धमाधम ल्याउँदैछ तर नेपाल सरकार लकडाउनमै रुमल्लिरहेको छ।

नेपाल सरकारले कहाँ राख्ने भन्ने सोच समेत नबनाएकोले अवैधानिक रुपमा बसेको नेपाली नागरिकलाई निल्नु न ओकल्नु भएको छ। कुवेत सरकारले नेपालसम्म जाने खर्च समेत फ्री गरेको छ तर नेपाल सरकारले हाम्रो नागरिक लान्छौ भन्न समेत नसक्नु यो भन्दा लाजमर्दो कुरो के नै हुनसक्ला।

यसको फाईदा गैरकानुनी रुपमा रहेका नेपालीहरुले जसरी पनि उठाउनु पर्छ। हामी सबैकाे पहल रहेमा सबैलाई सुरक्षितका साथ स्वदेश पठाउन पक्कै पनि सकिन्छ।

प्रतिकृया दिनुहोस्

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...