News Portal

नेपालमा कोरोना भाइरस   संक्रमितको संख्या ९ पुग्यो

हिमाली संचार संवाददाता
८४७ पटक

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ जना पुगेको छ । कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा कोरोना भाइरस पुष्टि भएको छ ।

यस्तै भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष पनि कोरोना पुष्टि भएको छ ।

यसअघि कैलालीको ३४ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ।  ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ ।

योसँगै पहिलो पटक नेपाल भित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...