News Portal

बरिष्ट गीतकार अम्बिका गुरुङको “मारुनी” सार्बजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
७११ पटक
चैत २१, २०७६ शुक्रबार

काठमाडौँ : बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा लोकप्रिय गायिका रिमा गुरुङ होडाको सुमधुर आवाजमा रहेको नयाँ गीत “मारुनी” को म्युजिक भिडियो सार्बजनिक भएको छ।

कला संस्कृतिले भरिपुर्ण भएको हाम्रो जस्तो सुन्दर मुलुकको बिबिधतालाइ समेट्दै तयार पारिएको गीतको म्युजिक भिडियो समेत निकै आकर्षक बनेको छ।

प्रकाश लेप्चाको संगीत रहेको सार्बजनिक भिडियोलाइ उत्सब दाहालले छायांकन गरेका छन् भने प्रकाश लेप्चाले निर्देशन गरेका हुन्। म्युजिक भिडियोलाई बिकाश लामाको सम्पादन रहेको छ भने भिडियोमा मोडल स्निता गुरुङ र दोमिनिक लेप्चालाइ फिचर्ड गरिएको छ।

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन। नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गीतकार अम्बिका गुरुङ मोफसलको चर्चित गीतकार हुन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...