News Portal

समाजसेवी बस्नेतद्वारा ७९ हजार बराबरको खाद्य सामाग्री हस्तान्तरण

रबिन्द्र बराल
४३७ पटक
चैत्र २० विहिबार

मोरङ । विश्वभर काेराना भाइरसकाे महामारी फैलिएको अवस्थामा सरकारले पनि मुलुकभर लकडाउन धोषणा गरेको छ। यस्तो अबस्थामा रतुवामाई नगरपालिकाको सामजसेवी बलवाहदुर बस्नेतले खाध सामाग्री  हस्तान्तरण गरेका छन्।

नेपाल सरकारले लगाएको लकडाउनका कारण दैनिक ज्याला मजदूरीमा दैनिक काम गरेर परिवार पालिरहेका आम मजदुरका लागि यतिबेला ठुलै आपत आईलागेको छ। काम गर्न जाउँ लकडाउन उलंघन हुने र सजायको भागीदार बन्नुपर्ने, नजाउँ परिवारको प्राण नरहने, यस्तो कठीन परिस्थितिमा संकटबाट बच्नका लागि समाजसेवी बस्नेतले खाध सामग्री हस्तान्तरण गरेका हुन।

रतुवामाई ५  घरभइ हाल बिराटनगर बसाेवास गर्दे आएका सामजसेवी बलवाहदुर बस्नेतले गाउँ घरमा रहेका गरीब परिवारहरुका लागि केही राहत हाेस भन्ने उदेश्य आफुले कमाई गरेको आमदनीबाट सञ्चित गरेर राखेको रकमबाट खाध सामाग्री हस्तान्तरण गरेका छन।

बस्नेतले २५ मन चामल, २५ कार्टुन साबुन, १ हजार थान सर्जिकल मास्क, जनचेतना मुलक पर्चा र १ सय थान ग्लोब राहात कोषमा जम्मा हुनेगरी हस्तान्तरण गरेका हुन। खाधन्न तथा जिन्सीको लागत ७९ हजार बराबरको रहेको बस्नेतले बताए।

कार्यक्रममा रतुवामाई नगर प्रमुख रबिन राईले  समाजसेवी बस्नेतको उच्च मुल्यांकन गर्दै वहाँको निरन्तर समाजसेवा प्रतिको लगाव अत्यन्तै प्रशंसनीय काम गरेको समेत बताए। कार्यक्रममा सिता देवि खत्री (बस्नेत) रमा अधिकारी (राई) इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझी, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...