आज : २०२६-०६-०५, शुक्रबार

मोडल रन्जिता गुरुङ अभिनित सुमित्रा सेनको “लालीगुराँस” गीत बजारमा (भिडियो सहित)

काठमाडौँ – जिएस इन्टरटेन्मेन्टको प्रस्तुतिमा सुमित्रा सेनको “लालीगुराँस” नामक लोक गीत नेपाली सांगीतिक बजारमा आएको छ। चर्चित गायक अमित बराल र गायिका सुमित्रा सेनको स्वरमा रहेको सो गीत बजारमा ल्याईएको हो। उक्त गीतको लय/शब्द पनि गायिका सेनकै रहेको छ।

बहुचर्चित मोडल रन्जिता गुरुङ र अनिल मगर अभिनित यो गीतको म्युजिक भिडियोलाई एमबि गुरुङले निर्देशन गरेका थिए भने डिका गुरुङ र निमा शेर्पाले छायांकन गरेका हुन।

सुरज गुरुङको सम्पादनमा रहेको सो गीतको म्युजिक भिडियोलाई गायक अमित बरालकै अफिसियल युटुब च्यानल मार्फत बजार व्यवस्थापन गरिएको छ। अब हेरौ सोहि गीतको म्युजिक भिडियो।