News Portal

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

हिमाली संचार संवाददाता
५२८ पटक
काठमाडौं १९, २०७६ चैत

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बजार दरभन्दा महँगो पर्नेगरी चीनबाट मेडिकल सामग्री खरिद गरेर आर्थिक अनियमितता गरेको दावीसहित विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन्।

पौड्यालले आयोगको वेवसाइटमार्फत उजुरी दिएको बताएका छन्। उनको उजुरीमा तीन महिना अघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको खुलाएको टेन्डर रद्द गरेको, कोरोनाको त्रासमा देश फसेको बेला मेडिकल सामान खरिद गर्न आफू निकट व्यापारीलाई सेटिङ मिलाएको, मेडिकल सामग्री खरिदको अनुभव नै नभएका कम्पनीलाई ३ घण्टामै सेटिङ मिलाएको विषय उल्लेख गरिएको छ।

यस्तै बाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको, विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेको र्यापिङ टेस्टिङ किट ७ करोड भन्दा माथिको लागतमा किनेको समेत दावी गरिएको छ।

उजुरीमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अख्तियारको छानबिनलाई प्रभावित पर्नेगरी स्वास्थ्यमन्त्रीको बजाउमा अभिव्यक्ति दिएको उल्लेख छ।

अख्तियार प्रवक्ता प्रदीप कोइरालाले अनियमितता र भ्रष्टाचारको सम्बन्धमा सामाजिक सञ्जाल फेसबुक ट्वीटर र आयोगको वेबसाइटमार्फत उजुरी दिन सक्ने व्यवस्था रहेको भन्दै यस विषयमा पनि त्यसैगरी उजुरी परेको हुनसक्ने बताए।

प्राप्त उजुरीलाई आयोगले अध्ययन गर्ने र त्यसपछि छानबिन प्रक्रिया अघि बढाउने गरेको उनले बताए। आयोगमा चैत महिनामा मात्रै विभिन्न माध्यमबाट २८१ वटा उजुरी प्राप्त भइसकेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...