News Portal

एनआरएन मकाउले २ हजार थान एन-९५ माक्स नेपाल सरकारलाई सहयोग गर्ने

हिमाली संचार संवाददाता
६६२ पटक
१८ चैत्र २०७६

 

मकाउ । गैरआवासीय नेपाली संघ मकाउले उच्च गुणस्तरयुक्त एन-९५ माक्स नेपाल सरकारलाई सहयोग गर्ने भएको छ। सरकारी अस्पतालहरुमा स्वास्थ्य सामाग्रीको अभाव रहेको हुनाले (एनआरएन) मकाउले नोवेल कोरोना भाइरसका विरुद्ध स्वास्थ्यकर्मीका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री  २ हजार थान उच्च गुस्तरयुक्त “एन-९५ माक्स” नेपाल सरकारलाई सहयोग गर्ने निर्णय गरेको हो।

गैरआवसीय नेपाली संघ मकाउले मकाउमा कार्यरत नेपाली समुदाय, समाजसेवी र विभिन्न संघसंस्थाहरु संग सहयोग संकलन अभियान गरी नेपाल सरकारलाई “एन-९५ माक्स” चीनमा खरीद गरी नेपाल पठाउन लागेको हो। 

यस अधि संधको आग्रहमा कोभिड-१९ विरुद्धको अभियान अन्तरगत विशेष सहयोग “मकाउ नेप्लिज्ज बडीबिल्डिङ र फिटनेस एसोसिएशन, एनसीसी मकाउ स्पोर्ट्स प्रमुख र एनआरएन स्पोर्ट्स एकेडेमी टास्कफोर्सका एसिया सदस्य श्रीजन बाबा भाई, ( lei wai san ) लेइ वाई सान र ब्रोदरहुट एसोसिएशन मकाउका अध्यक्ष बम लिम्बुको सक्रियतामा संकलन भएको ७ हजार सर्जिकल माक्स चीन स्थित नेपाली दूतावास मार्फत नेपाल पठाउने काम भइरहेको छ।

यस पटकको अभियान मार्फत संकलित सहयोग रकमले कम्तिमा पनि २ हजार थान “एन-९५ माक्स” नेपाल पठाउन लागेको एनआरएन मकाउका अध्यक्ष पूर्णबहादुर गुरुङले बताएका छन्।

अध्यक्ष गुरुङका अनुसार सहयोगी मन सहयोग गर्न तयार रहेको हुनाले यो अभियान संचालन गर्ने लागेको जानकारी दिदै मकाउमा रहनु भएका नेपाली समुदाय समक्ष अभियानका लागि सहयोग गर्न समेत अनुरोध गरेका छन्। 

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...