News Portal

एनआरएन मकाउले २ हजार थान एन-९५ माक्स नेपाल सरकारलाई सहयोग गर्ने

हिमाली संचार संवाददाता
५७४ पटक
१८ चैत्र २०७६

 

मकाउ । गैरआवासीय नेपाली संघ मकाउले उच्च गुणस्तरयुक्त एन-९५ माक्स नेपाल सरकारलाई सहयोग गर्ने भएको छ। सरकारी अस्पतालहरुमा स्वास्थ्य सामाग्रीको अभाव रहेको हुनाले (एनआरएन) मकाउले नोवेल कोरोना भाइरसका विरुद्ध स्वास्थ्यकर्मीका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री  २ हजार थान उच्च गुस्तरयुक्त “एन-९५ माक्स” नेपाल सरकारलाई सहयोग गर्ने निर्णय गरेको हो।

गैरआवसीय नेपाली संघ मकाउले मकाउमा कार्यरत नेपाली समुदाय, समाजसेवी र विभिन्न संघसंस्थाहरु संग सहयोग संकलन अभियान गरी नेपाल सरकारलाई “एन-९५ माक्स” चीनमा खरीद गरी नेपाल पठाउन लागेको हो। 

यस अधि संधको आग्रहमा कोभिड-१९ विरुद्धको अभियान अन्तरगत विशेष सहयोग “मकाउ नेप्लिज्ज बडीबिल्डिङ र फिटनेस एसोसिएशन, एनसीसी मकाउ स्पोर्ट्स प्रमुख र एनआरएन स्पोर्ट्स एकेडेमी टास्कफोर्सका एसिया सदस्य श्रीजन बाबा भाई, ( lei wai san ) लेइ वाई सान र ब्रोदरहुट एसोसिएशन मकाउका अध्यक्ष बम लिम्बुको सक्रियतामा संकलन भएको ७ हजार सर्जिकल माक्स चीन स्थित नेपाली दूतावास मार्फत नेपाल पठाउने काम भइरहेको छ।

यस पटकको अभियान मार्फत संकलित सहयोग रकमले कम्तिमा पनि २ हजार थान “एन-९५ माक्स” नेपाल पठाउन लागेको एनआरएन मकाउका अध्यक्ष पूर्णबहादुर गुरुङले बताएका छन्।

अध्यक्ष गुरुङका अनुसार सहयोगी मन सहयोग गर्न तयार रहेको हुनाले यो अभियान संचालन गर्ने लागेको जानकारी दिदै मकाउमा रहनु भएका नेपाली समुदाय समक्ष अभियानका लागि सहयोग गर्न समेत अनुरोध गरेका छन्। 

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...