News Portal

डा.भोजराज अधिकारी भरतपुर अस्पतालको अध्यक्षमा नियुक्त

हिमाली संचार संवाददाता
४८३ पटक
चितवन १८, २०७६ चैत

चितवनको भरतपुर अस्पतालको अध्यक्षमा डा.भोजराज अधिकारी नियुक्त भएका छन्। मन्त्रीस्तरीय निर्णयका आधारमा तीन वर्षे कार्यकालका लागि भरतपुर अस्पताल गठन आदेश २०७६ को दफा ३ बमोजिम डा.अधिकारी नियुक्त भएका हुन्।

डा.अधिकारीसहित अस्पताल सञ्चालक समितिका अन्य सदस्यमा रमाकान्त सापकोटा, केशव देवकोटा र रमा घिमिरे नियुक्त भएका छन्।

अध्यक्ष बनेका डा.अधिकारी सोही अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन हुन्। डा.अधिकारी अहिले भरतपुर कोरोना अस्पतालको प्रवक्ता एवं सदस्य सचिव भएर काम गरिरहेका छन्।

डा.अधिकारीले आफू अध्यक्ष बनेपछि कोरोना भाइरसको संक्रमणलाई चितवनमा आउन नदिने गरी प्रभावकारी ढंगले सजगता अपनाएर काम गर्ने बताए।

डा.अधिकारीले भने ‘चितवनलाई मेडिकल सिटी बनाउने कामको नेतृत्व भरतपुर अस्पतालले लिन्छ, अस्पताललाई स्वास्थ्य शिक्षासमेत दिने एकेडेमी बनाउने र अहिले नाममा मात्रै भएको केन्द्रीय अस्पताललाई व्यवहारिक रुपमा नै कार्यान्वयन गर्दै नभएका मापदण्डहरुलाई पूरा गर्ने बताएको अनलाइनखबरले समाचार लेखेको छ।

प्रतिकृया दिनुहोस्

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...