News Portal

  • जति नजिक थियौं उतिनै टाढ़ा भएकाछौं, कोरोनाको प्रकोपले बिचारा भएकाछौं

    ✍️ कवि डा. सुमाया राई१८ चैत्र २०७६
    १४१ पटक
    १८ चैत्र २०७६

     

    जति नजिक थियौं

    उतिनै टाढ़ा भएकाछौं

    कोरोनाको प्रकोपले 

    बिचारा भएकाछौं!

     

    शक्तिशालीको शक्तिपनि देखायो

    केही नलाग्ने रैछ प्रकृतिको अघि

    लाचार भएकाछौं!

     

    यो एवटा सिकाई भो – मान्ने हो भने

    नमान्ने हो भने कसको के लाग्छ र ??

    व्याभिचारी भएकाछौं!

     

    मान्छे हौं कराउन मात्र जान्याछौं

    प्रकृतिको गुपचुप तर गतिशील गुनासो नसुन्ने

    कानभएका बहिरो भएकाछौं!

     

    यो मेरो त्यो तेरो भन्ने तर्कनालाई शुन्यतामा झारी

    सम्पुर्ण विश्व एवटै धरातलमाथि उभिएको

    कुरा नबुझ्ने अज्ञानी भएकाछौं !

     

    जति नजिक थियौं 

    उतिनै टाढ़ा भएकाछौं

    कोरोनाको प्रकोपले 

    बिचारा भएकाछौं…!!

    डा. सुमाया राई (हाल- बेलायत)

     

     

    प्रतिकृया दिनुहोस्

    Himalisanchar.com
    Private group · 22,670 members
     

    Join Group

     

    यो Himalisanchar.com सबैको साझा Group हो। यसमा हजुरहरुले ताजा रोचक, ज्ञानवर्दक, नेपाली समाचार पढ्न सक्नुहुनेछ। आफ्ना साथीहरुलाई add गर्न नभुल्नुहोला।

    क्वारेन्टाइनमा बसेका वडाबासीलाई शिक्षक केसीले गरे खसी सहयोग

    सिम्ता – सुर्खेतको सिम्ता गाउँपालिकाको वडा नम्बर ७ काप्रीचौरस्थित जनआस्था प्राथामिक विद्यालयमा भारतबाट फर्किएका वडाका...

    स्वास्थ्य चौकी भवन खोक्सामा बनाउनुपर्ने माग गर्दै नगरमा डेलिगेसन

    कटारी ।उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ का स्थानीयले स्वास्थ्य चौकी भवन वडाको खोक्सामा निर्माण...

    छुट्टै संविधान संशोधन दर्ता गर्न राजपाका नेताहरु पुगे संसद सचिवालय

    काठमाडौं – राष्ट्रिय जनता पार्टीका नेताहरु छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका...

    कोरोना सर्ने डरले एक शिक्षकसहित स्थानीयले भत्काइदिए विद्यालय

    जाजरकोट – भारतबाट आएकालाई विद्यालयको भवनमा राख्न थालेको भन्दै जाजरकोट भेरेका स्थानीयले विद्यालय नै भत्काइदिएका...

    भारतसँग औपचारिक वार्ताको मिति पर्खिरहेका छौं : परराष्ट्रमन्त्री ज्ञवाली

    काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमाका विषयमा भारतसँग औपचारिक वार्ताको प्रतीक्षा गरिरहेको बताएका छन्। शुक्रबार...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।