News Portal

सप्तरीमा सशस्त्र प्रहरीबाट कुटिए दुइ युवक, विभागीय कार्बाही हुने

हिमाली संचार संवाददाता
४२५ पटक

१७ चैत्र २०७६

सप्तरी । लकडाउन उलंधन गरेको आरोपमा सशस्त्र प्रहरी बलका जवानले दुइ युवा खोला बगर हुदै चामलको बोरा बोकेर धर जादै गरेका अवस्थामा बगरमा निर्धात कुटपीट गरेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ। 

बलान बिहुल गाउपालिका -३ मौवाहा गाउका हरेकृष्ण शाह र चन्दन यादवलाई सप्तरीको बलान बिहुल गाउपालिकास्थित खोला बगर हुदै धर जादै गरेको समयमा कुटपीत गरेको हो। पीडित युवाका अनुसार धर नजिकै रहेको विहारको लौकहा बजारबाट औषधी खरीद गरी बगर हुदै फर्किने क्रममा कुटिएको बताएका छन्।

कुटपीट गर्ने प्रहरी जवान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टीबाट खटिएका हुन्। दुइ युवालाई धोप्टो पारेर निर्धात कुटपीट गरेको भिडियो सामाजिक संजालमा अहिले भाइरल भइरहेको छ। दुबै धाइते युवाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बलानबिहुल गाउपालिका अध्यक्ष दयानन्द गोइतले बताए। 

सशस्त्र प्रहरी बलले छानविन थालेको छ। पछिल्लो समय सामाजिक संजालमा भाइरल भिडियोबारे प्रश्न उठेपछि हल्चोक मुख्यालयले छानविन शुरु गरेको छ। धटनामा सलंन कर्मचारीमाथि विभागीय कारवाही हुने सशस्त्र प्रहरी बलका प्रवक्ता सुरजकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...