News Portal

रंगेली नगरपालिकाले विपन्न परिवारलाई राहत वितरण गर्ने

रबिन्द्र बराल
३०२ पटक
मोरङ १७, २०७६ चैत

रंगेली नगरपालिकाले गरिव तथा ज्याला मजदुरी गरेर जिवन यापन गर्ने अति विपन्न परिवारलाई घरघरमै गएर राहत वितरण गर्ने भएको छ। नगरपालिकाको साेमबार बसेकाे सर्वदलिय बैठकले कोरोना संक्रमण रोकथाम गर्ने उदेश्य नेपाल सरकारले चैत्र २५ गतेसम्म गरेको लकडाउनका कारण गरिव परिवारहरु बढि मात्रामा प्रभाव परेको हुनाले उनिहरुका लागि राहत प्याकेज वितरण गर्ने तयारी गरेको मेयर दिलिप बगडियाले बताए।

विश्व महामारीको रुपमा फैलिएको काेराेना भाईरसका कारण लकडाउन एक साताको अवधि समाप्त भए पछिल्लो पुनः नेपाल सरकारबाट फेरि साता दिनकाे अवधि थप भएको हुँदा यस नगरपालिका भित्र रहेका अति विधन्न परिवार र ज्यालादारीमा काम गरी बिहान बेलुका छाक टार्न अति नै कष्टकर भएको हुनाले एक घरधुरी बाराबर १५ केजी चामल, दुई केजी दाल र एक केजी नुन वितरण गर्ने भएको छ। नगरपालिकाले पहिलो चरणमा ४ हजार प्रतिबाेरा राहत बितरण गर्ने र अपुग भएमा पुनः खरिद गरेर बितरण गरिने समेत बताए।

सर्वदलिय बैठकले यस रंगेली नगरपालिका भित्र रहेको ईटा उद्योग र चण्डिका डिष्टिलरिमा काम गर्ने स्थानीय कामदारहरुलाई हाल काममा नलगाउने र तिनिहरुको घर वसेको अवधिभरका दिनमा आधा ज्याला उपलब्ध गराउन सम्वन्धित उद्योगलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ।

साथै भारतबाट आएका मजदुरहरलाई उद्योगबाट बाहिर नजाने गरी उद्योगको हाता भित्र रहि काममा लगाउन समेत निर्णय समेत गरेको छ। नगरपालिका भित्र रहेको अस्पताल, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र लगायत स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य शाखाले कार्यालय प्रमुखको समन्वयमा आवश्यक व्यवस्था मिलाई तत्काल खरिद गरि औषधि आपुर्ति गर्ने समेत निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस्

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...