News Portal

स्वास्थ्य सामग्रीमा करोडौको भ्रष्ट्रचार हुनु दुर्भाग्य !

कर्ण बहादुर अधिकारी
८८८ पटक
काठमाडौ १७, २०७६ चैत

कोभिड १९ कोरना भाईरसले संसारका समृद्धशाली राष्ट्र देखि बिपन्न राष्ट्रहरूलाई आक्रान्त बनाई रहेको अबस्थामा त्यहि कोरना नियन्त्रणका लागि नेपाल सरकारले चीन बाट खरीद गरीएको स्वास्थ्य सामाग्रीमा करोडौको नितिगत भ्रष्ट्राचार हुनु दुर्भाग्य पूर्ण कुरो हो।

बिश्वका शक्तिशाली राष्ट्रहरू युरोप अमेरीका र चीनमा हजारौको संख्यामा मृत्यू र लाखौको संख्यामा संक्रमित भेटि रहेको अबस्थामा गरीबीको रेखा मुनी रहेको देश नेपाल र नेपालीलाई पनि आक्रान्तमा पारेको छ।हाल सम्म ५ जनामा संक्रमण भेटिएको छ भने हजारौ मान्छे क्वारेन्टाईनमा छन।

नेपाल सरकारको फितलो काम कार्बाहीका कारण न त बिदेशबाट नेपाल आएका नेपालीको चेक जाच गर्न सकिएको छ न त भारतीय सिमाबाट भित्रिएका नेपालीहरूलाई नै क्वारेन्टाईनमा राख्न सफल भएका छन्।

लक डाउनको ५/६ दिन बिति सक्दा पनि ८/९ सय जनाको मात्र चेक जाँच हुनु दुर्भाग्य हो। मेरो बिचारमा नेपालमा पनि हजारौको संख्यामा संक्रमित हुन सक्छन। त्यसै गरी हामी नेपाली जनता पनि त्यति नै भेडा छौ।

लकडाउनको अबधीमा पनि खुलम खुल्ला बाहिर हिडडुल गर्नु राम्रो होईन्।सरकारले जारी गरेको कुरालाई पालना नगर्नाले इटलीले चरम पीडा भोग्दै छ। ईटालीलाई हेरेर हामीले पनि केहि सिक्न जरूरी छ। तसर्थ आफू पनि बचौ र अरूलाई बचाऔं।

छिमेकी मित्र राष्ट्र चीनले कोरना माथि बिजय प्राप्त गरी रहेको अबस्थामा छिमेकीको नाताले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ भने नेपाल सरकारले नै चीनबाट खरीद गरी ल्याएको छ। उक्त खरीद गरी ल्याएको स्वास्थ्य सामग्रीमा करोडौ रूपैयाको नितिगत भ्रष्टचार गरीएको देखिन आएको छ।

सरकारका स्वास्थ्य मन्त्रालय र स्वास्थ्य मन्त्रीले खरीद गरेका कोरोना टेस्ट गर्ने पिसिआर किटमा १४ करोड,चश्मामा १५ करोड,गाउनमा ११ करोड बढि मुल्य देखाईएको छ भने अन्य सामग्रीमा पनि भ्रष्ट्राचार भएको छ।

४० लाख पर्ने मेसिनलाई २ करोडमा खरीद गरीएको छ।एन ९५ माक्सलाई युएसडी १ डलर पर्नेमा ७ डलरमा खरीद गरीएको छ। त्यसै गरी कोरना टेस्टिङ किडको १० डलर पर्नेमा ३८ डलरमा खरीद गरीएको छ। प्रोटेक्टिभ ग्लोभ ३ डलर पर्नेमा १८ डलरमा खरीद गरीएको छ साथै अन्य सामग्रीमा पनि बढि नै मुल्य तिरीएको छ।

यस्तो अबस्थामा भ्रष्ट्राचार हुनु भनेको नेपाल र नेपाली जनताको हित बिपरीत कार्य गर्नु हो। नेपाल सरकार र सरकारका मातहातका मन्त्रीहरूमा अलिकति पनि धर्म हुन्थ्यो भने यसरी भ्रष्ट्राचार हुने थिएन। नेपाल सरकारले यस बिषयमा पूर्ण रूपमा छानबीन गरी दोषीलाई कार्बाहीको दायरामा ल्याउनु जरूरी छ।

प्रतिकृया दिनुहोस्

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...