News Portal

नेपाली सेनाले कोरोनासम्बन्धि सूचना र जानकारी अब मोबाइल एपमा राख्ने

हिमाली संचार संवाददाता
६७५ पटक
काठमाडौं १७, २०७६ चैत

नेपाली सेनाले कोरोनाभाइरस संक्रमित र शंकास्पदहरूको सूचना तथा जानकारी संकलनका लागि मोबाइल एप प्रयोगमा ल्याएको छ।

सेनाले तयार गरेको एपको नाम कोभिड–१९ रेस्पोन्स एप नेपाल राखिएको छ। हाललाई एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि मात्रै एप तयार भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार कोभिड–१९ को महामारी रोकथाम, प्रतिकार र नियन्त्रण गर्ने कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न क्राउड सोर्सिङ को अवधारणा अनुसार सर्वसाधारणबाट सूचना लिन एप प्रयोगमा आउनेछ।

एपको प्रयोगबाट सर्वसाधारणले आफ्नो परिवार, छिमेक तथा साथीभाइमा कोभिड–१९ सम्बन्धि कुनै पनि लक्षण देखिएमा उक्त विवरण पठाउन सकिने छ। यस्तै गलत सूचनाबाट बच्न र सत्य सूचनाका लागि यो एप प्रभावकारी हुने सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए।

उनका अनुसार एप मार्फत प्राप्त हुने डाटाहरूलाई नेपाली सेनाले आवश्यक ब्यवस्थापन, बिश्लेषण तथा बिरामीसँगको पहुँच स्थापना गर्न प्रयोगमा ल्याउने छ। एप नेपाली सेनाको आधिकारीक वेबसाईट https://www.nepalarmy.mil.np बाट डाउनलोड गर्न सकिने छ।

एप प्रयोगकर्ताले आफ्नो परिवार, छर छिमेक तथा साथी भाईमा केभिड– १९ सम्बन्धि कुनै लक्षण देखिएमा बिरामीको ब्यक्तिगत विवरण तथा लक्षणको विवरण उपलब्ध गराउन सक्नेछन्।

बिरामीको लक्षणको विवरण प्रत्येक २४ घण्टामा एक पटक वा बिरामीको स्थितीमा परिवर्तन आएमा सोको विवरण पूनः अध्यावधिक गर्न सेनाले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...