News Portal

सुर्खेतमा लकडाउन उल्लंघन गर्ने २ पाष्टर पक्राउ

नगेन्द्र उपाध्याय
४९६ पटक
सुर्खेत १५, २०७६ चैत

कोरोना भाइरस रोकथामका लागि सरकारले लगाएको ‘लकडाउन’ उल्लंघन गर्ने चर्चका दुई जना पाष्टरहरुलाई प्रहरीले शनिबार पक्राउ गरेको छ।

लकडाउनका क्रममा अनुयायीहरुलाई भेला गरेर प्रार्थना गरिरहेका पाष्टरहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो।

प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार कालिन्चोकको निस्सीएजी चर्चका पाष्टर मोहनदास गुरुङ र ग्रिस मण्डली चर्च करेखोलाका प्रेम विकलाई पक्राउ गरिीएको हो।

‘लकडाउनको उलंघन गरेर चर्चभित्र मानिस भेला गरेर प्रार्थना गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो,’ प्रहरी निरीक्षक रायमाझीले भने, ‘कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाउँछौं।’

प्रहरीले शनिबार लकडाउनको उलंघन गर्ने ११ वटा सवारीसाधन पनि नियन्त्रणमा लिएको छ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...