News Portal

एनआरएन युकेको कार्यक्रममा कुमार पन्तलाई कालो झण्डा

आर्थिक अनियमितता छानबिन गर्न माग !

हिमाली संचार संवाददाता
११२३ पटक

बेलायत ०६, २०२० मार्च : एनआरएन युकेको १५ औं जन्मदिन भनेर आयोजना गरिएको कार्यक्रममा भाग लिन जर्मनीबाट आईपुगेका एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तलाई कार्यक्रमस्थलमै कालो झन्डा देखाइएको छ।

एनआरएनको इतिहासमै कालो झन्डाले स्वागत गरिने पन्त पहिलो अध्यक्ष हुन्। “धेरै साथीहरूले यहाँ नआउन भन्नु भएको थियो तर, एनसीसीले निम्ता गरेपछि म जान्छु भनें”, पन्तले भने।

एनआरएनका निर्वाचित पदाधिकारीहरू तथा कैयौं सल्लाहकार तथा संस्थापकहरूले बहिस्कार गरेको कार्यक्रममा बोल्दै अध्यक्ष पन्तले आफू धेरै एनसीसीहरुमा पुग्ने गरेको तर यो टाइपको बानिव्यहोरा बेलायतमा मात्रै देखाइने गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

कार्यक्रम शुरु भएको केहि बेरमा एनआरएन युकेसंग आवद्ध केही महिला अभियन्ताहरूले “आर्थिक अनियमितताको छानबिन गर, कुमार पन्त फिर्ता जाउ” भन्दै कालो झन्डा देखाएका थिए।

उनीहरूले लन्डनस्थित नेपाली दूतावासले विवादित कार्यक्रममा प्रतिनिधि पठाएको भन्दै आक्रोश व्यक्त गरेका थिए तर, शान्तिपूर्ण विरोध गरिरहेका ती महिलाहरूमाथि एनआरएन युकेका केही व्यक्तिहरूले हातपात र लछारपछार गरेका थिए।

https://www.facebook.com/1285888384878651/posts/1783723008428517

एनआरएन युकेका निवर्तमान अध्यक्ष योगकुमार फगामीले नेतृत्व गरेको कार्यसमितिले करौडौं रकम घोटाला गरेको भन्दै विरोध भइरहेको छ तर, एनआरएन युकेको नयाँ कार्यसमितिले अझै छानबिन समिति समेत गठन गरेको छैन।

कार्यक्रममा बोल्दै एनआरएनएका केन्द्रीय महासचिव डा. हेमराज शर्माले एनआरएनए अहिले २५ करोड घाटामा गएको जनाए। “एनआरएनलाई क्यान्सर लागि सकेको छैन, बच्ने सम्भावना छ”, उनले भने। उनले एनआरएनको केन्द्रीय भवन प्रकरणबारे एक समितिले अध्ययन गरी छिट्टै एउटा श्वेतपत्र प्रकाशित गरिने जानकारी पनि दिए।

निकै प्रचारप्रसार गरिएको कार्यक्रममा झन्डै १०० जनाको मात्र उपस्थिति थियो। एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङले संस्थाको विवाद संस्थाभित्रै छलफल गरिनुपर्ने बताइन् तर, सिंगो कार्य समितिलाई बाईपास गरेर केन्द्रबाट मनोनीत आइसीसी सदस्य रामशरण सिम्खडालाई आर्थिक कारोबार समेत गर्ने गरी किन कार्यक्रमको संयोजक बनाइयो भन्ने प्रश्नको उनले जवाफ दिइनन्।

एनआरएन युकेका चारजना उपाध्यक्ष तथा कोषाध्यक्षले बुधबार राति पत्रकार सम्मेलन गरी कार्यसमितिको अनुमोदन बिना नै सल्लाहकारहरू घोषणा गरिएको भन्दै विधान विपरित आयोजित कार्यक्रममा आफूहरू नजाने घोषणा गरेका थिए।

निर्वाचित उपाध्यक्षहरू प्रेम गाहा मगर, नारायणदत्त कंडेल, रामचन्द्र पोखरेल, मोहन कार्की, कोषाध्यक्ष तेजेन्द्र रोका मगर लगायतले कार्यक्रम बहिस्कार गरेका थिए।

एनआरएन युकेका कोषाध्यक्ष तेजेन्द्र रोका मगरले उक्त विवादित कार्यक्रमको आय व्ययको छानबिन गरिने जनाएका छन्।

विश्वभरि कोरोना भाइरसको संक्रमण फैलीरहेका बेला खादा र माला लगाउने एउटा औपचारिक कार्यक्रममा आएर अध्यक्ष पन्तले बेलायतस्थित नेपाली समाजलाई भांड्न रातदिन सक्रियहरूलाई नै सघाएको भन्दै आलोचना भएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...