News Portal

कुन्जन गुरुङले नयाँ जीवन पाइन्

हिमाली संचार संवाददाता
२६५२ पटक

स्याङ्जा-युएईका सामाजिक अभियन्ता ओम उप्रेतीको तालिमका कारण स्याङ्जाको वालिङकी एक बालिकाले नयाँ जीवन पाएकी छन् । निधन भएको भनी सबैले आशा मारेकी डेढ वर्षिया कुन्जन गुरुङलाई उनका हजुरबुबा चोकबहादुर गुरुङले सिपिआर गरेर पुन: स्वासप्रस्वास सुचारु गरेपछि ओम उप्रेतीले सिकाएको सीप र प्रविधिले बालिकाले नयाँ जीवन पाएको भन्दै हजुरबुबाले फेसबुकमा फोटो सहित पोस्ट गरेका छन् ।
उनले अभियन्ता ओम उप्रेतीलाई युएईमा लामो समयको रोजगारीपछि नेपालमै सामाजिक गतिविधिमा सक्रिय व्याक्तित्व चन्द्रबहादुर रोकायाला मार्फत फोन सम्पर्क गरी आफ्नी नातिनीको ज्यान बचाउन सफल भएको भन्दै जीवनउपयोगी तालिम प्रदान गरेकोमा उप्रेतीलाई भगवानको उपमा दिएका छन् ।

पुनर्जीवन पाएकी कुन्जनका हजुरबुबा चोक गुरुङले लेखेका छन् – “कुनै दिन वलिङको सिटी हलमा प्राथमिक उपाचरको तालिम लिएको थिएँ । त्यही तालिममा सिकेको विधिअनुसार गर्दा मेरो नातिनी कुन्जन गुरूङलाई बचाउन सफल भएँ । ३० मिनेट जति सास बन्द भएपछि नातिनीलाई आमा र बाजेले मेरो काखमा थमाई थिए । सबैजना रोइकराई गरिरहेका थिए । मैले नातिनी कुन्जनलाई बेडमा सुताई दुई औंलाको सहायताले छातीमा पम्प गरेँ, १५/१६ पटक पम्प गरेको थिएँ ।

त्यसको १ मिनेट भित्रै नातिनीले सास फेर्न सुरू गरिन् ।
हजुरबुबाले यो खुसीको कुरा युएईका पुराना सामाजिक अभियन्ता चन्द्रबहादुर रोकायालाई सुनाए । रोकायाले नै गत साल स्याङ्जाको तालिममा भाग लिन ती हजुरबुबालाई सुझाव दिएका रहेछन् । नातिनीको जीवन बचाउने ज्ञान दिने नि:शुल्क प्राथमिक उपचार तालिम अभियानका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक ओम उप्रेतीलाई हजुरबुबाले धन्यवाद प्रकट गरेका छन् ।
तालिमको प्रभावकारिताका कारण अभियन्ता ओम उप्रेती स्याङ्जा जिल्लामा दोहोर्‍याएर तालिम प्रदान गर्ने भएका छन् ।

के हो सिपिआर विधि ?

विविध कारणले बन्द भएको स्वासप्रस्वास प्रक्रियालाई सुचारु गर्न अपनाइने बिधिलाई सिपिआर भनेर बुझिन्छ । कारडियाे पल्मोनरी रिक्सएसन भनेर अङ्ग्रेजीमा पुकारिने यो विधि प्रयोग गरेर अकालमा मर्नबाट जोगाउन सकिन्छ ।
साना बालबालिकालाई दुई औलाको सहायताले र वयस्कलाई दुई हत्केलाको सहायताले छातीमा ३० पटक पम्प गरेर मुखबाट कृतिम स्वास दिएर पनि मुटु र फोक्सोलाई सक्रिय बनाउने विधिलाई अङ्ग्रेजीमा सिपिआर भनिन्छ ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...