News Portal

कुन्जन गुरुङले नयाँ जीवन पाइन्

हिमाली संचार संवाददाता
२७१४ पटक

स्याङ्जा-युएईका सामाजिक अभियन्ता ओम उप्रेतीको तालिमका कारण स्याङ्जाको वालिङकी एक बालिकाले नयाँ जीवन पाएकी छन् । निधन भएको भनी सबैले आशा मारेकी डेढ वर्षिया कुन्जन गुरुङलाई उनका हजुरबुबा चोकबहादुर गुरुङले सिपिआर गरेर पुन: स्वासप्रस्वास सुचारु गरेपछि ओम उप्रेतीले सिकाएको सीप र प्रविधिले बालिकाले नयाँ जीवन पाएको भन्दै हजुरबुबाले फेसबुकमा फोटो सहित पोस्ट गरेका छन् ।
उनले अभियन्ता ओम उप्रेतीलाई युएईमा लामो समयको रोजगारीपछि नेपालमै सामाजिक गतिविधिमा सक्रिय व्याक्तित्व चन्द्रबहादुर रोकायाला मार्फत फोन सम्पर्क गरी आफ्नी नातिनीको ज्यान बचाउन सफल भएको भन्दै जीवनउपयोगी तालिम प्रदान गरेकोमा उप्रेतीलाई भगवानको उपमा दिएका छन् ।

पुनर्जीवन पाएकी कुन्जनका हजुरबुबा चोक गुरुङले लेखेका छन् – “कुनै दिन वलिङको सिटी हलमा प्राथमिक उपाचरको तालिम लिएको थिएँ । त्यही तालिममा सिकेको विधिअनुसार गर्दा मेरो नातिनी कुन्जन गुरूङलाई बचाउन सफल भएँ । ३० मिनेट जति सास बन्द भएपछि नातिनीलाई आमा र बाजेले मेरो काखमा थमाई थिए । सबैजना रोइकराई गरिरहेका थिए । मैले नातिनी कुन्जनलाई बेडमा सुताई दुई औंलाको सहायताले छातीमा पम्प गरेँ, १५/१६ पटक पम्प गरेको थिएँ ।

त्यसको १ मिनेट भित्रै नातिनीले सास फेर्न सुरू गरिन् ।
हजुरबुबाले यो खुसीको कुरा युएईका पुराना सामाजिक अभियन्ता चन्द्रबहादुर रोकायालाई सुनाए । रोकायाले नै गत साल स्याङ्जाको तालिममा भाग लिन ती हजुरबुबालाई सुझाव दिएका रहेछन् । नातिनीको जीवन बचाउने ज्ञान दिने नि:शुल्क प्राथमिक उपचार तालिम अभियानका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक ओम उप्रेतीलाई हजुरबुबाले धन्यवाद प्रकट गरेका छन् ।
तालिमको प्रभावकारिताका कारण अभियन्ता ओम उप्रेती स्याङ्जा जिल्लामा दोहोर्‍याएर तालिम प्रदान गर्ने भएका छन् ।

के हो सिपिआर विधि ?

विविध कारणले बन्द भएको स्वासप्रस्वास प्रक्रियालाई सुचारु गर्न अपनाइने बिधिलाई सिपिआर भनेर बुझिन्छ । कारडियाे पल्मोनरी रिक्सएसन भनेर अङ्ग्रेजीमा पुकारिने यो विधि प्रयोग गरेर अकालमा मर्नबाट जोगाउन सकिन्छ ।
साना बालबालिकालाई दुई औलाको सहायताले र वयस्कलाई दुई हत्केलाको सहायताले छातीमा ३० पटक पम्प गरेर मुखबाट कृतिम स्वास दिएर पनि मुटु र फोक्सोलाई सक्रिय बनाउने विधिलाई अङ्ग्रेजीमा सिपिआर भनिन्छ ।

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...