News Portal

देश छाड्ने कल्पना पनि गर्न सक्दिनँ : सुजाता कोइराला

हिमाली संचार संवाददाता
४९८ पटक

काठमाडौं : नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देश छाड्ने कल्पनासम्म गर्न नसक्ने बताएकी छिन। आफूमाथि अनेकौ प्रहार हुँदा समेत देश नछाडेको उल्लेख गर्दै उनले कुनै हालतमा देश नछाड्ने दृढता व्यक्त गरिन।

‘देश छाड्ने कल्पनाभन्दा बाहिरको विषय हो,’ रिपोर्टर्स नेपालले तपाईं देश छाडेर बेलायत बस्न लागेको खबर आएको छ नि भनेर सोध्दा पूर्व उपप्रधानमन्त्री कोइरालाले भनिन्, ‘मेरा लागि सबैभन्दा प्रीय नै यो देश हो म कसरी छाड्न सक्छु ?’ आफूले कठिन परिस्थितिमा समेत देश नछाडेको औल्याइन।

विरामी हुँदा पनि मर्नुपरे यही देशमा मर्छु भनेर बसेको बताइन। उनले भनिन्, ‘मर्नुपरे पनि नेपालमै मरौंला। आफूलाई देशले निकै इज्जत र प्रतिष्ठा दिएको उनको भनाई थियो।

नेपाल र नेपालीको मायाले आफू क्यान्सरमुक्त भई नयाँ जीवन पाएको बताइन। उनले भनिन्, ‘मलाई नेपाली दाजुभाई तथा दिदीबहिनीले निकै माया गर्नुभएको छ। उहाँहरुको मायाले नयाँ जीवन पाएकी छु।

म उहाँहरुको सेवामा समर्पित भइरहेकी छु।’ नेपालमा जति आफू विश्वको कुनै कुनामा खुशी हुन नसक्ने बताइन। उनले भनिन्, ‘विश्वको सबैभन्दा सुन्दर देश नेपाल हो र मेरा लागि सबैभन्दा खुशी भएर बाँच्न सक्ने देश नेपाल हो।

नेपाल सुन्दर भएपनि राजनीतिक नेतृत्वले सही निर्णय लिएर अगाडि बढ्न नसक्दा जनताले दुःख पाइरहेको उनको भनाई थियो। देश र जनताको सेवा गर्ने आफ्नो मन देखिएको चाहना रहेको बताइन्।

उमेर बढ्दै जाँदा पनि सक्रिय जीवनयापन गरिरहेको उनको भनाई थियो। सामाजिक काममा आफू बढी केन्द्रित भएको र देशले आवश्यकता ठानेमा राजनीतिक नेतृत्व लिन पनि तयार रहेको बताइन्। उनले भनिन्, ‘नेपाली काँग्रेसको सभापति बनेर नेतृत्व लिन अगाडि बढेकी छु।

आफूले निरंकुशतासँग देशमै बसेर लडेको स्मरण गराउँदै कोइरालाले देशका लागि अझै योगदान गर्न तयार रहेको बताइन्। आफूलाई नेपालमा जुन प्रतिष्ठा र इज्जत मिलेको छ त्यसको गुन तिर्न बाँकी रहेको बताइन्।

उनले भनिन्, ‘तपाईंहरुले देखिरहनुभएको छ कि मैंले पदमै बसेर मात्र शक्तिशाली भइन्छ भन्ने ठानेकी छैन, देशका लागि आफू जुन स्थानमा रहिन्छ त्यहींबाट पनि सेवा गर्न सकिन्छ। सकारात्मक सोच र चिन्तनका साथ आफू नेपालमा बसेर सेवाभावका साथ सक्रिय भइरहने बताइन।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...