News Portal

देश छाड्ने कल्पना पनि गर्न सक्दिनँ : सुजाता कोइराला

हिमाली संचार संवाददाता
४३० पटक

काठमाडौं : नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देश छाड्ने कल्पनासम्म गर्न नसक्ने बताएकी छिन। आफूमाथि अनेकौ प्रहार हुँदा समेत देश नछाडेको उल्लेख गर्दै उनले कुनै हालतमा देश नछाड्ने दृढता व्यक्त गरिन।

‘देश छाड्ने कल्पनाभन्दा बाहिरको विषय हो,’ रिपोर्टर्स नेपालले तपाईं देश छाडेर बेलायत बस्न लागेको खबर आएको छ नि भनेर सोध्दा पूर्व उपप्रधानमन्त्री कोइरालाले भनिन्, ‘मेरा लागि सबैभन्दा प्रीय नै यो देश हो म कसरी छाड्न सक्छु ?’ आफूले कठिन परिस्थितिमा समेत देश नछाडेको औल्याइन।

विरामी हुँदा पनि मर्नुपरे यही देशमा मर्छु भनेर बसेको बताइन। उनले भनिन्, ‘मर्नुपरे पनि नेपालमै मरौंला। आफूलाई देशले निकै इज्जत र प्रतिष्ठा दिएको उनको भनाई थियो।

नेपाल र नेपालीको मायाले आफू क्यान्सरमुक्त भई नयाँ जीवन पाएको बताइन। उनले भनिन्, ‘मलाई नेपाली दाजुभाई तथा दिदीबहिनीले निकै माया गर्नुभएको छ। उहाँहरुको मायाले नयाँ जीवन पाएकी छु।

म उहाँहरुको सेवामा समर्पित भइरहेकी छु।’ नेपालमा जति आफू विश्वको कुनै कुनामा खुशी हुन नसक्ने बताइन। उनले भनिन्, ‘विश्वको सबैभन्दा सुन्दर देश नेपाल हो र मेरा लागि सबैभन्दा खुशी भएर बाँच्न सक्ने देश नेपाल हो।

नेपाल सुन्दर भएपनि राजनीतिक नेतृत्वले सही निर्णय लिएर अगाडि बढ्न नसक्दा जनताले दुःख पाइरहेको उनको भनाई थियो। देश र जनताको सेवा गर्ने आफ्नो मन देखिएको चाहना रहेको बताइन्।

उमेर बढ्दै जाँदा पनि सक्रिय जीवनयापन गरिरहेको उनको भनाई थियो। सामाजिक काममा आफू बढी केन्द्रित भएको र देशले आवश्यकता ठानेमा राजनीतिक नेतृत्व लिन पनि तयार रहेको बताइन्। उनले भनिन्, ‘नेपाली काँग्रेसको सभापति बनेर नेतृत्व लिन अगाडि बढेकी छु।

आफूले निरंकुशतासँग देशमै बसेर लडेको स्मरण गराउँदै कोइरालाले देशका लागि अझै योगदान गर्न तयार रहेको बताइन्। आफूलाई नेपालमा जुन प्रतिष्ठा र इज्जत मिलेको छ त्यसको गुन तिर्न बाँकी रहेको बताइन्।

उनले भनिन्, ‘तपाईंहरुले देखिरहनुभएको छ कि मैंले पदमै बसेर मात्र शक्तिशाली भइन्छ भन्ने ठानेकी छैन, देशका लागि आफू जुन स्थानमा रहिन्छ त्यहींबाट पनि सेवा गर्न सकिन्छ। सकारात्मक सोच र चिन्तनका साथ आफू नेपालमा बसेर सेवाभावका साथ सक्रिय भइरहने बताइन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...