News Portal

भलिबल टुर्नामेन्ट खेल रद्द, यस्तो छ कारण !

हिमाली संचार संवाददाता
६४५ पटक

कुवेत २५, २०२० फेब्रुअरी : गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले आयोजना गरेको भलिबल टुर्नामेन्ट खेल रद्द गरेको छ।

सोमबार बिहान कुवेतमा ३ जना कोरोना संक्रमित व्यक्तिहरूलाई क्वारेन्टाइन गरेपश्चात कुवेत सरकारले पुर्ण सतर्कता अपनाउँदै यहाँको राष्ट्रिय दिवसमा हुने विभिन्न किसिमका हजारौंको संख्यामा हुने जमघट तथा विभिन्न किसिमको एक्जिविशनहरु समेत रद्द गरेका कारण एनसिसी कुवेतले सो खेल रद्द गरेको अध्यक्ष सुजन केसि र महासचिव मानबहादुर तामाङ (दिलकुमार पाख्रीन)द्वारा जारी बिज्ञप्तीमा जनाइएको छ।

बिज्ञप्तीमा भनिएको छ- यो संक्रमणको अन्त्य नभईन्जेलका लागि स्थगित गरिएको जानकारी गराउँदछौं। साथै कार्यक्रमको अन्तिम अवस्थामा आइपुगेर पनि कार्यक्रम स्थगित गर्नुपर्दा अत्यन्तै दुख तुल्याएको बताएको छ। एनिसिसि कुवेतले अझ यस्तो निर्णयले यहाँहरुप्रती पर्न गएको असुविधाप्रती क्षमा याचना गरेको छ।

यो पनि पढ्नुहोस।

एनआरएनए भलिबल टुर्नामेन्ट-२०२० को खेल तालिका सार्वजनिक (तालिका सहित)

हेर्नुहोस बिज्ञप्ती जस्ताको तस्तै:-

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत

मिती : २४ फेब्रुवरी २०२०

अत्यन्तै जरुरी सुचना ॥

आज बिहान कुवेतमा तीन जना कोरोना संक्रमित व्यक्तिहरूलाई क्वारेन्टाइन गरेपश्चात कुवेत सरकारले पुर्ण सतर्कता अपनाउँदै यहाँको राष्ट्रिय दिवसमा हुने विभिन्न किसिमका हजारौंको संख्यामा जम्मा हुने जमघट तथा विभिन्न किसिमको एक्जिविशनहरु समेत रद्द गरेको अबस्था छ। पछिल्लो अपडेट अनुसार कुवेतमा हुने सबै किसिमको खेलकुदको क्रियाकलापहरू समेत यहाको सरकारले रद्द गर्ने भएको छ साथै कुवेतस्थित नियोग र नेपाली समाजको बुद्धिजीवी तथा विभिन्न विशिस्ट ब्याक्तित्वहरुसंगको सल्लाह सुझाव अनुसार हामि सबैको जीवन र स्वास्थ्यको अत्यन्तै गम्भिरतापूर्वक ध्यानमा राख्दै भोलिको कार्यक्रम भलिबल टुर्नामेन्ट यो संक्रमणको अन्त्य नभईन्जेलका लागि स्थगित गरिएको जानकारी गराउँदछौं । हामी कार्यक्रमको अन्तिम अवस्थामा आइपुगेर पनि कार्यक्रम स्थगित गर्नुपर्दा अत्यन्तै दुखित छौँ नै अझ यो निर्णयले यहाँहरुप्रती पर्न गएको अशुविधा प्रती एनआरएनए एनिसिसि, कुवेत परिवार क्षमा प्रार्थी छौं।

अध्यक्ष – सुजन केसि  महासचिव – दिलकुमार पाखीन

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...