News Portal

संचार मन्त्रालयमा अख्तियारका नाममा बाँस्कोटाकै छापा !

हिमाली संचार संवाददाता
४४४ पटक

काठमाडौं : सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि कमिसन डिल गरिरहेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले फागुन ८ मा राजीनामा दिए।

मन्त्री बाँस्कोटाले राजीनामा दिएको बेलुकी अख्तियारको नाममा मन्त्रालयमा भएका कागजपत्र नियन्त्रणमा लिइयो। विभिन्न सञ्चारमाध्यमले अख्तियारबाट मन्त्रालयमा छापा मारेको भनेर समाचार सार्वजनिक गरे।

सादा पोशाकका व्यक्तिले छापा मारेर विभिन्न कागजपत्र लगेका थिए तर अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले छापा मार्न अख्तियारको टोली मन्त्रालय नपुगेको जानकारी दिएका छन।

सिआइबीले पनि आफ्नो टोलीले छापा नमारेको प्रष्ट पारेपछि मन्त्रालयको कागजपत्र नियन्त्रणमा लिने समूहको विषय रहस्यमय बनेको छ।

बाँस्कोटा आफैले आफ्ना मान्छे पठाएर त्यहाँका कागजपत्रहरु कब्जा गरेर लगेको अख्तियार स्रोतले जनाएको छ।

आफूमाथि छानविन हुँदा अन्य कुराहरु खुल्ने डरले बाँस्कोटा आफैले मन्त्रालयमा छापामारेर कागजपत्र लगेको आरोप लागेको छ।

प्रतिकृया दिनुहोस्

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...