News Portal

संचार मन्त्रालयमा अख्तियारका नाममा बाँस्कोटाकै छापा !

हिमाली संचार संवाददाता
५६४ पटक

काठमाडौं : सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि कमिसन डिल गरिरहेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले फागुन ८ मा राजीनामा दिए।

मन्त्री बाँस्कोटाले राजीनामा दिएको बेलुकी अख्तियारको नाममा मन्त्रालयमा भएका कागजपत्र नियन्त्रणमा लिइयो। विभिन्न सञ्चारमाध्यमले अख्तियारबाट मन्त्रालयमा छापा मारेको भनेर समाचार सार्वजनिक गरे।

सादा पोशाकका व्यक्तिले छापा मारेर विभिन्न कागजपत्र लगेका थिए तर अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले छापा मार्न अख्तियारको टोली मन्त्रालय नपुगेको जानकारी दिएका छन।

सिआइबीले पनि आफ्नो टोलीले छापा नमारेको प्रष्ट पारेपछि मन्त्रालयको कागजपत्र नियन्त्रणमा लिने समूहको विषय रहस्यमय बनेको छ।

बाँस्कोटा आफैले आफ्ना मान्छे पठाएर त्यहाँका कागजपत्रहरु कब्जा गरेर लगेको अख्तियार स्रोतले जनाएको छ।

आफूमाथि छानविन हुँदा अन्य कुराहरु खुल्ने डरले बाँस्कोटा आफैले मन्त्रालयमा छापामारेर कागजपत्र लगेको आरोप लागेको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...