News Portal

सञ्चारमन्त्री बास्कोटाले राजीनामा दिए

हिमाली संचार संवाददाता
५४७ पटक

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका अडियोटेप सार्वजनिक भएपछि मन्त्री बास्कोटाले राजिनामा दिएका हुन।

प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजिनामा माग गर्दै संसद बैठकमा उठेर विरोध जानाउदा सदन अबरुद्ध भएपछि बास्कोटाको राजीनामा आएको सभामुख अग्निप्रसाद सापकोटाले संसदमा जानकारी गराएका थिए। उनले भने, ‘औपचारिक पत्र त आउने नै छ । मलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । र, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।’

स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीमा आधारित अडियोटेपमा ७० करोड कमिसन आउँदा त्यसको कति भनेर सोध्ने सञ्चारमन्त्री बास्कोटालाई मिश्रले ५४/५५ करोड जति कमिसन हुने प्रष्ट सुनिएको अडियोटेप सार्वजनिक भएको थियो।

सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा समेत विज्ञको रुपमा मिश्र सहभागि थिए। यस प्रकरणको सम्पादन हुने क्रम रोकियो तर नेपथ्यमा जे थियो त्यो खोजविन, छानविन गरेर तथ्यपूर्ण अनुसन्धान गरिनु पर्ने सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषदमा समेत पटकपटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने, यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने नेपाली काग्रेसको प्रवक्ता विश्वप्रकास शर्माले पत्रकार सम्मेलनमा बताएका छन्। 

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...