News Portal

प्रोटिनको कमी हुन नदिन शाकाहारीले खानुपर्छ यी १० खानेकुरा

हिमाली संचार संवाददाता
४०० पटक

 

 

एजेन्सी
शरीर स्वस्थ राख्नका लागि प्रोटिनयुक्त खान्की निकै अत्वाश्यक हुन्छ । मांसाहारीले चिकन र अण्डामार्फत् प्रोटिन पाइरहेका हुन्छन् भने शाकाहारीका लागि प्रोटिनको स्रोत निकै कम हुन्छ । यहाँ हामी तपाईंलाई प्रोटिनले भरपुर १० यस्ता आहार बारे जानकारी दिँदैछौं जुन स्वस्थवद्र्धक हुनुका साथै स्वादिष्ट पनि छन् ।

तोफूः

तोफू प्रोटिनको राम्रो स्रोत हो । यसमा शरीरलाई आवश्यक सबै एमिनो एसिड पाइन्छ । यो हेर्दा पनिर जस्तो हुन्छ । तोफूमा प्राकृतिक स्वाद हुन्छ र यो निकै नरम पनि हुन्छ । तोफूबाट डेजर्ट र शेक निकै राम्रो बन्छ र यसलाई फ्राइ गरेर पनि खान सकिन्छ ।

दालः

दालमा असाध्यै धेरै प्रोटिन पाइन्छ । एक कप दालमा करिब १८ ग्राम प्रोटिन पाइन्छ । दाललाई तपाईंले सुपजस्तै बनाएर पिउन पनि सक्नुहुन्छ ।

ड्राइ नट्स र पीनट बटरः

बदाम, पिस्ता र काजूमा भरपुर मात्रामा प्रोटिन पाइन्छ । २ चम्चा ओर्गानिक पिनट बटरमा ८ ग्राम प्रोटिन पाइन्छ । पिनट बटरले तपाईं स्वादिष्ट ब्रेकफास्ट, स्न्याक्स र स्मूदी पनि बनाउन सकिन्छ ।

पालुङ्गोः

पालुङ्गो पनि प्रोटिनको राम्रो स्रोत हो । खानामा हरियो सागसब्जी समावेश गर्नु शाकाहारीको स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ ।

सोया मिल्कः

शाकाहारीका लागि सोया मिल्क प्रोटिनको राम्रो विकल्प हो । यसलाई तपाईं विभिन्न तरिकाले डाइटमा समावेश गर्न सक्नुहुन्छ । चाहेको खण्डमा तपाईंले यसलाई कफी, स्मूजी, बेकिङ वा विभिन्न प्रकारको व्यञ्जनमा प्रयोग गर्न सक्नुहुन्छ ।

हरियो सिमीः

सिमी फाइबर र प्रोटिनको राम्रो स्रोत हो । एक कप हरियो सिमीमा २५.८ ग्राम प्रोटिन पाइन्छ । तपाईं यसलाई तरकारीका साथै सलादको रुपमा पनि खान सक्नुहुन्छ ।

ओट्सः

प्रोटिनको राम्रो स्रोत हुनुका साथै ओट्स तौल घटाउनेहरुका लागि पनि प्रिय खान्की हो । आधा कप ओट्समा ६.७५ ग्राम प्रोटिन पाइन्छ । यो बनाउन पनि सजिलो छ ।

फर्सीको बिउः

फर्सीको बिउ प्रोटिनको राम्रो स्रोत हो । यसलाई खानामा मिसाएर वा यत्तिकै पनि खान सकिन्छ ।

हरियो केराउः

हरियो केराउ पनि स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । एक कप केराउको दानामा १८.४६ ग्राम प्रोटिन पाइन्छ । यसलाई तरकारी बनाएर वा सुप बनाएर पनि खान सकिन्छ ।

ब्रोकोलीः

ब्रोकोली तौल घटाउन पनि निकै सहयोगी मानिन्छ । यो खाँदा स्वादिलो त हुन्छ नै यसमा प्रोटिन पनि भरपुर मात्रामा पाइन्छ । ब्रोकोलीबाहेक काउली पनि प्रोटिनको राम्रो स्रोत हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...