News Portal

प्रोटिनको कमी हुन नदिन शाकाहारीले खानुपर्छ यी १० खानेकुरा

हिमाली संचार संवाददाता
४६९ पटक

 

 

एजेन्सी
शरीर स्वस्थ राख्नका लागि प्रोटिनयुक्त खान्की निकै अत्वाश्यक हुन्छ । मांसाहारीले चिकन र अण्डामार्फत् प्रोटिन पाइरहेका हुन्छन् भने शाकाहारीका लागि प्रोटिनको स्रोत निकै कम हुन्छ । यहाँ हामी तपाईंलाई प्रोटिनले भरपुर १० यस्ता आहार बारे जानकारी दिँदैछौं जुन स्वस्थवद्र्धक हुनुका साथै स्वादिष्ट पनि छन् ।

तोफूः

तोफू प्रोटिनको राम्रो स्रोत हो । यसमा शरीरलाई आवश्यक सबै एमिनो एसिड पाइन्छ । यो हेर्दा पनिर जस्तो हुन्छ । तोफूमा प्राकृतिक स्वाद हुन्छ र यो निकै नरम पनि हुन्छ । तोफूबाट डेजर्ट र शेक निकै राम्रो बन्छ र यसलाई फ्राइ गरेर पनि खान सकिन्छ ।

दालः

दालमा असाध्यै धेरै प्रोटिन पाइन्छ । एक कप दालमा करिब १८ ग्राम प्रोटिन पाइन्छ । दाललाई तपाईंले सुपजस्तै बनाएर पिउन पनि सक्नुहुन्छ ।

ड्राइ नट्स र पीनट बटरः

बदाम, पिस्ता र काजूमा भरपुर मात्रामा प्रोटिन पाइन्छ । २ चम्चा ओर्गानिक पिनट बटरमा ८ ग्राम प्रोटिन पाइन्छ । पिनट बटरले तपाईं स्वादिष्ट ब्रेकफास्ट, स्न्याक्स र स्मूदी पनि बनाउन सकिन्छ ।

पालुङ्गोः

पालुङ्गो पनि प्रोटिनको राम्रो स्रोत हो । खानामा हरियो सागसब्जी समावेश गर्नु शाकाहारीको स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ ।

सोया मिल्कः

शाकाहारीका लागि सोया मिल्क प्रोटिनको राम्रो विकल्प हो । यसलाई तपाईं विभिन्न तरिकाले डाइटमा समावेश गर्न सक्नुहुन्छ । चाहेको खण्डमा तपाईंले यसलाई कफी, स्मूजी, बेकिङ वा विभिन्न प्रकारको व्यञ्जनमा प्रयोग गर्न सक्नुहुन्छ ।

हरियो सिमीः

सिमी फाइबर र प्रोटिनको राम्रो स्रोत हो । एक कप हरियो सिमीमा २५.८ ग्राम प्रोटिन पाइन्छ । तपाईं यसलाई तरकारीका साथै सलादको रुपमा पनि खान सक्नुहुन्छ ।

ओट्सः

प्रोटिनको राम्रो स्रोत हुनुका साथै ओट्स तौल घटाउनेहरुका लागि पनि प्रिय खान्की हो । आधा कप ओट्समा ६.७५ ग्राम प्रोटिन पाइन्छ । यो बनाउन पनि सजिलो छ ।

फर्सीको बिउः

फर्सीको बिउ प्रोटिनको राम्रो स्रोत हो । यसलाई खानामा मिसाएर वा यत्तिकै पनि खान सकिन्छ ।

हरियो केराउः

हरियो केराउ पनि स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । एक कप केराउको दानामा १८.४६ ग्राम प्रोटिन पाइन्छ । यसलाई तरकारी बनाएर वा सुप बनाएर पनि खान सकिन्छ ।

ब्रोकोलीः

ब्रोकोली तौल घटाउन पनि निकै सहयोगी मानिन्छ । यो खाँदा स्वादिलो त हुन्छ नै यसमा प्रोटिन पनि भरपुर मात्रामा पाइन्छ । ब्रोकोलीबाहेक काउली पनि प्रोटिनको राम्रो स्रोत हो ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...