News Portal

रंगेली अस्पतालमा शान्त बन्यो सबै सेवा सुचारु, छानबिन समिति गठन

हिमाली संचार संवाददाता
५१७ पटक

रबिन्द्र बराल -बुधबार देखि रंगेली अस्पतालकाे अाेपिडि, एमर्जन्सि , तथा अन्य सेव समेत सुचारु भएको छ । नवजात शिशु र सुत्केरी महिलाको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि मोरङको रंगेली अस्पताल मंगलबार तनावपुर्ण रहेको थियो ।

रंगेली–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र उनीबाट जन्मिएका नवजात शिशुको सोमबार मृत्यु भएपछि सुरु भएको आन्दोलनले उग्ररुप लिएको थियो । मंगलबार अवेर सम्मकाे छलफल पछि छानबिन समिति गठन गरिएको छ ।

काेशी अन्चल अस्पतालका डाक्टर अन्जु देवकाे संयाेजक्तवमा डाक्टर जिवननाथ धिताल,डाक्टर मधुमिताल राभव , वडा अध्यक्ष केदार चन्द राजवंशी पिडित पक्षबाट रंजित सरदार , भुमिसुधार सरदार ,लक्ष्मी कामत छानबिन समिति रहेका छन् र यो समितिले साता दिन भित्र प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ ।

रविनलाई सुत्केरी व्यथाले च्यापेपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो । बिहान १० बजे सामान्य प्रसूति मार्फत उनले दोस्रो सन्तानका रुपमा छोरा जन्माइन ।

चिकित्सकको लापरबाहीले आमा र शिशुकै मृत्यु भएको भन्दै आफन्त र परिवारका सदस्यले अस्पताल बाहिर नाराबाजी र प्रदर्शन थालेपछि अवस्था तनावग्रस्त बनेको हो । उनीहरुले सुत्केरी र शिशुको शव बुझ्न अस्वीकार गरेका थिए ।

मंगलबार राति १० बजे मृत महिलाको पाेष्टमाट का लागि बिराटनगर स्थित काेशि अञ्चल अस्पतालमा लगिएको छ ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...