News Portal

रंगेली अस्पतालमा शान्त बन्यो सबै सेवा सुचारु, छानबिन समिति गठन

हिमाली संचार संवाददाता
४१९ पटक

रबिन्द्र बराल -बुधबार देखि रंगेली अस्पतालकाे अाेपिडि, एमर्जन्सि , तथा अन्य सेव समेत सुचारु भएको छ । नवजात शिशु र सुत्केरी महिलाको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि मोरङको रंगेली अस्पताल मंगलबार तनावपुर्ण रहेको थियो ।

रंगेली–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र उनीबाट जन्मिएका नवजात शिशुको सोमबार मृत्यु भएपछि सुरु भएको आन्दोलनले उग्ररुप लिएको थियो । मंगलबार अवेर सम्मकाे छलफल पछि छानबिन समिति गठन गरिएको छ ।

काेशी अन्चल अस्पतालका डाक्टर अन्जु देवकाे संयाेजक्तवमा डाक्टर जिवननाथ धिताल,डाक्टर मधुमिताल राभव , वडा अध्यक्ष केदार चन्द राजवंशी पिडित पक्षबाट रंजित सरदार , भुमिसुधार सरदार ,लक्ष्मी कामत छानबिन समिति रहेका छन् र यो समितिले साता दिन भित्र प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ ।

रविनलाई सुत्केरी व्यथाले च्यापेपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो । बिहान १० बजे सामान्य प्रसूति मार्फत उनले दोस्रो सन्तानका रुपमा छोरा जन्माइन ।

चिकित्सकको लापरबाहीले आमा र शिशुकै मृत्यु भएको भन्दै आफन्त र परिवारका सदस्यले अस्पताल बाहिर नाराबाजी र प्रदर्शन थालेपछि अवस्था तनावग्रस्त बनेको हो । उनीहरुले सुत्केरी र शिशुको शव बुझ्न अस्वीकार गरेका थिए ।

मंगलबार राति १० बजे मृत महिलाको पाेष्टमाट का लागि बिराटनगर स्थित काेशि अञ्चल अस्पतालमा लगिएको छ ।

प्रतिकृया दिनुहोस्

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...