News Portal

संचारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनका लागि यसरी गरे सेटिङ (अडियोसहित)

हिमाली संचार संवाददाता
१२३७ पटक

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले ७० करोड कमिसनका लागि सेटिङ गरेको खुलासा भएको छ। मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि स्वीस कम्पनीको स्थानीय नेपाली एजेन्टसँग सेटीङ गरेको अडियो टेप युटुब हुदै सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ। 

स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको दोहोरो कुरा गरेका प्रस्ट सुनिन्छ। कमिशनको कुराकानीका क्रममा नर्मल तरिकाबाट वा आउट अफ ट्रयाकबाट जाने सुझाव समेत मिश्रले दिएको छ।

सार्वजनिक अडियो टेपमा ७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने सञ्चारमन्त्री बास्कोटालाई उनले ५४/५५ करोड जति कमिसन हुने प्रष्ट पारेका अडियो सार्वजनिक भएको हो।

सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा समेत विज्ञको रुपमा मिश्र सहभागि भएका थिए। उनै एजेन्टलाई मन्त्री बास्कोटाले २७ अर्वको लागत लाग्ने देखिए त्यसलाई २८ अर्व बनाउन सुझाव दिएर थप एक अर्व समेत भ्रष्टाचार गर्न सिकाएको अडियोमा प्रस्ट सुनिन्छ।

नेपाल सरकारका एकपछि अर्को विवादास्पद र भ्रष्टाचारलाई प्रसय दिने खालका तथ्यहरु सार्वजनिक भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रीयपात्र समेत रहेका सूचना तथा सञ्चारमन्त्री बास्कोटा यो प्रकरणसंगै नेपाल सरकारका मन्त्री तथा अधिकारीहरु संस्थागत रुपमा कसरी भ्रष्टाचार गर्दा रहेछन् भनेर एउटा तरंग पैदा गरेको छ ।

प्रधानमन्त्री ओलीले “आफू भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न” नेपाल सरकारको नेतृत्व लिएदेखिका प्रतिबद्धता पछि थुप्रैघटनाहरु सार्वजनिक भइरहेका छन्। यो प्रकरणमा प्रधानमन्त्री ओलीले मन्त्री बास्कोटालाई अन्य विभिन्न प्रकरणका आफ्ना प्रीयपात्रहरुलाई जस्तै उन्मुक्ति दिन्छन् की कार्वाहीको दायरामा ल्याउँछन? सर्वत्र चासोको विषय बनेको छ। – हाम्राकुराबाट

संचारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनका लागि यसरी गरे सेटिङ (अडियो सहित)

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...