News Portal

संचारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनका लागि यसरी गरे सेटिङ (अडियोसहित)

हिमाली संचार संवाददाता
११४६ पटक

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले ७० करोड कमिसनका लागि सेटिङ गरेको खुलासा भएको छ। मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि स्वीस कम्पनीको स्थानीय नेपाली एजेन्टसँग सेटीङ गरेको अडियो टेप युटुब हुदै सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ। 

स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको दोहोरो कुरा गरेका प्रस्ट सुनिन्छ। कमिशनको कुराकानीका क्रममा नर्मल तरिकाबाट वा आउट अफ ट्रयाकबाट जाने सुझाव समेत मिश्रले दिएको छ।

सार्वजनिक अडियो टेपमा ७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने सञ्चारमन्त्री बास्कोटालाई उनले ५४/५५ करोड जति कमिसन हुने प्रष्ट पारेका अडियो सार्वजनिक भएको हो।

सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा समेत विज्ञको रुपमा मिश्र सहभागि भएका थिए। उनै एजेन्टलाई मन्त्री बास्कोटाले २७ अर्वको लागत लाग्ने देखिए त्यसलाई २८ अर्व बनाउन सुझाव दिएर थप एक अर्व समेत भ्रष्टाचार गर्न सिकाएको अडियोमा प्रस्ट सुनिन्छ।

नेपाल सरकारका एकपछि अर्को विवादास्पद र भ्रष्टाचारलाई प्रसय दिने खालका तथ्यहरु सार्वजनिक भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रीयपात्र समेत रहेका सूचना तथा सञ्चारमन्त्री बास्कोटा यो प्रकरणसंगै नेपाल सरकारका मन्त्री तथा अधिकारीहरु संस्थागत रुपमा कसरी भ्रष्टाचार गर्दा रहेछन् भनेर एउटा तरंग पैदा गरेको छ ।

प्रधानमन्त्री ओलीले “आफू भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न” नेपाल सरकारको नेतृत्व लिएदेखिका प्रतिबद्धता पछि थुप्रैघटनाहरु सार्वजनिक भइरहेका छन्। यो प्रकरणमा प्रधानमन्त्री ओलीले मन्त्री बास्कोटालाई अन्य विभिन्न प्रकरणका आफ्ना प्रीयपात्रहरुलाई जस्तै उन्मुक्ति दिन्छन् की कार्वाहीको दायरामा ल्याउँछन? सर्वत्र चासोको विषय बनेको छ। – हाम्राकुराबाट

संचारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनका लागि यसरी गरे सेटिङ (अडियो सहित)

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...