News Portal

द काठमाण्डू पोष्टमा प्रकाशित लेख र तस्वीर चिनियाँ नागरिकको अपमान : चीन (भिडियो सहित)

हिमाली संचार संवाददाता
८७५ पटक

काठमाण्डौ। कान्तिपुर सञ्चारगृहबाट प्रकाशित “द काठमाण्डू पोष्ट” अग्रेजी संस्करणले यही फागुन ६ गत्ते मंगलवार तदानुसार फेब्रुअरी १८ तारिख प्रकाशित “चाइना सेक्रेसी ह्यज मेड कोरोनाभाइरस क्राइसिस मच ओर्स” शीर्षकको लेखमा सम्प्रेषित तस्वीरको नेपालस्थिति चिनयाँ दूतावास काठमाण्डौले विज्ञप्ति प्रकाशित गर्दै द काठमाण्डू पोष्टमा प्रकाशित लेख र तस्वीरले चीनको राजनैतिक प्रणाली माथिको क्रुर आक्रमण गरेको जनाएको छ।

द काठमाण्डू पोष्टमा सम्प्रेषित तस्वीर द्वेषपूर्ण मनसायको रहेको साथै चिनियाँ सरकार र नोवेल कोरोनाभाइरस निमोनिया बिरूद्ध लड्ने जनताको प्रयासलाई जानाजानी चोट पुर्याउन खोजिएको जनाएको छ । लेखमा सम्प्रेषित तस्वीरले चिनियाँ जनता र शुभेच्छुकमा आक्रोश बढाएको मात्र छैन समग्र चिनियाँ जनताको भावनालाई गहिरो चोट पुर्‍याएको जनाएको छ।

नेता माओत्सेतुङ सम्पूर्ण चिनियाँ जनताले उच्च सम्मान र आदर गर्छन्। चिनियाँ जनबैंकले निस्काशन गरेको मुद्रामा आफ्ना सर्वोच्च  नेता माओत्सेतुङको तस्वीर द काठमाण्डू पोष्टले चिनियाँ मुद्रा एकसय युआनको नोटमा अंकित नेता माओको तस्वीरमा मास्क लगाएर चीनको सार्वभौमिकता र चीन सरकारको अपमान गरेको उल्लेख छ। यतिबेला चीन सरकार नोवेल कोरोना भाइरसको संक्रमणको न्यूनिकरण गर्न लागी परेको छ। नोवेल कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि मास्क लगाउनलाई “विश्व स्वास्थ्य संगठनले सबैलाई अपिल समेत गरेको छ। 

द काठमाण्डू पोष्टमा प्रकाशित लेख र तस्वीरले चीनको राजनैतिक प्रणाली माथी आक्रमण भएको जनाउदै चाइना मिडिया ग्रुप नेपालको प्रमुख चाङ यु “वर्षा”ले समेत आपत्तिजनक सामग्री सम्प्रेषण गरेको प्रति “द काठमाण्डू पोष्टका सम्पादकले क्षमायाचना गर्न अनुरोध गर्दै एउटा भिडियो मार्फत “वर्षाले” प्रकाशित लेखको तस्वीर देखाउदै उनी आफैले माक्स लगाउदै “द काठमाण्डू पोष्ट” का सम्पादकलाई चिनियाँले माक्स लगाएको तस्वीर चाहिएको भए म नि:शुल्क दिन चाहान्छु भनेका भिडियो अहिले भाइरल भइरहेको छ। 

आधुनिक चीनका महान नेताको अपमान गर्दै पत्रिकामा माओको तस्वीर प्रकाशन गर्नु नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई पनि धक्का लगाउनु हो। चीन र चिनियाँलाई घोर अपमान गर्नु हो। हामी चिनियाँहरु नेपाल र नेपालीलाई उच्च सम्मान र माया गर्छौँ।

नेपाल र नेपालीले भोगेका विपत्तिहरुमा चीन सरकार र चिनियाँ जनताले सक्दो सहयोग गरेकै छन्। कोरोना भाइरसको विद्धरुमा नेपालीहरुले पनि आआफ्नो ठाउँबाट चीन र चिनियाँलाई सहयोग र समर्थन जनाएको अबस्थामा नेपालको एउटा ठूलो राष्ट्रिय दैनिक पत्रिकाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई ख्याल नगरी यस प्रकारको तस्वीर प्रकाशन गरेकोमा म खेद प्रकट गर्दछु साथै यस प्रकारका कार्यको विरोध र प्रतिवाद गर्दछु।

यतिबेला पश्चिमा जगतले चीनमाथि विभेदपूर्ण सामग्री प्रकाशन गरिरहेका बेला चीनकै असल छिमेकी देश नेपालका सचारमाध्यम द काठमाण्डू पोष्टले पश्चिमा सञ्चारजगतको लहैलहैमा लागेर चीनमाथि हिलो छ्याप्ने र लान्छना लगाउने कार्य चीन र चिनियाँ जनताका लागि कदापि स्वीकार्य छैन भन्ने उल्लेख गरेकी छिन।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...