News Portal

सुत्केरी र शिशुको मृत्युसँगै रंगेली अस्पताल तनावपूर्ण

हिमाली संचार संवाददाता
५९३ पटक

रबिन्द्र बराल -मोरङको रंगेली नगरपालिका–७ स्थित रंगेली अस्पताल मंगलबार पनि तनावग्रस्त बनेको छ ।
नवजात शिशु र सुत्केरी महिलाको मृत्युमा डाक्टरकाे लापरबाहीका कारण भएको भन्दै आफन्तहरुले अस्पताल परिसरमा नारावाजी गरिरहेका छन ।
रंगेली–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र नवजात शिशुको सोमबार मृत्यु भएपछि अहिले तनावग्रस्त बनेको छ । रविनलाई सुत्केरी व्यथाले च्यापेपछि सोमबार बिहान ५ बजे अस्पताल भर्ना गरिएको थियो ।चिकित्सकको लापरबाहीले आमा र शिशुकै मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल बाहिर नाराबाजी र प्रदर्शन गरिरहेका छन । अहिले उनीहरुले सुत्केरी र शिशुको शव बुझ्न अस्वीकार गरेका छन् । डाक्टर माथि कारबाही हुनु पर्ने र आगामी दिनमा यस्तो गल्ती दोहोरिन नहुने माग समेत राखेका छन् ।
अस्पतालमा कुनै अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत परिचालन गरेको छ ।
रविनाका दाजु प्रल्हाद सरदारले प्रसूति व्यथाले च्यापेर भर्ना गरिएको लामो समयसम्म चिकित्सकले वास्ता नगर्दा बहिनी र नवजात शिशु गुमाउनु परेको बताए ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. अशोक ठाकुरले सामान्य प्रसूतिमार्फत बच्चा जन्मिए पनि रक्तश्राव अत्याधिक भएर सुत्केरीको मृत्यु भएको जानकारी दिए जन्मिन साथ परीक्षण गर्दा बच्चाको मृत्यु भइसकेको थियो,’ उनले भने, ‘मृत बच्चा जन्मिएपछि सुरु भएको रक्तश्राव नरोकिएर आमाको पनि मृत्यु भयो ।’ यकिन भइनसके पनि आमाको रक्तचाप कम हुँदै गएका कारण सुरुमै गाह्रो भएकाले जीवित बच्चा जन्म नसकेको हुन सक्ने उनको भनाइ रहेको छ । डा. ठाकुरले सुत्केरीको मृत्यु चैं ‘पोस्टपार्टन ह्याम्रेज’ का कारण भएको बताए । उनकाअनुसार बच्चा जन्मिएपछि पाठेघरबाट पाँच सय मिलिलिटर भन्दा पनि रगत बग्नुलाई ‘पोस्टपार्टन ह्याम्रेज’ भनिन्छ । उनले बच्चा जन्माउने क्रममा पाठेघर फुटेकाले रक्तश्राव अत्याधिक भएको हुन सक्ने बताए । प्रसूति व्यथाले च्यापेपछि सामान्य अवस्थामै महिलालाई अस्पतालमा भर्ना गरिएको थियो । बच्चा जन्मिएसम्म अवस्था सामान्य नै थियो,’ डा. ठाकुरले, ‘तर अत्याधिक रक्तश्राव हुन थालेपछि औषधि उपचार थालेर रोकथामको प्रयास धेरै गर्दा समेत सम्भव भएन । अवस्था थप गम्भीर बन्दै गएपछि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिए पनि सुत्केरीलाई बचाउन सकिएन ।’ उपचारमा चिकित्सकले कुनै लापरबाही नगरेको बताउँदै शवको पोस्टमार्टम गरेपछि मात्रै मृत्युको सबै कारण खुल्ने जानकारी दिए । समस्या समाधानका लागि भनेर अहिले अस्पताल व्यवस्थापन समितिको बैठक बसिकेको छ । तर बैठक र छलफलमा बस्न सुत्केरीका आफन्तले भने अस्वीकार गरेका छन् ।
रविनाका श्रीमान मनु सरदार वैदेशिक रोजगारीका लागि एक वर्षदेखि कतारमा छन् । श्रीमतीको मृत्युको खवर सुनेपछि उनी नेपाल फर्किएका छन् । रविना र मनुका पहिलो सन्तान ७ वर्षका छोरा समेत रहेको छन ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...