News Portal

जिन्दगी दिन काट्नको लागी होईन, कुनै महान काम गर्नको लागी हो

हिमाली संचार संवाददाता
११२९ पटक

कति व्यक्तिलाई आफ्नो सुख सुविधा र उत्कृष्ट जीवनशैलीमा घमण्ड हुन्छ । त्यसकारण उनीहरु अरुलाई खासै महत्व दिँदैनन् । घमण्डका कारण थुप्रै समस्या बढ्न सक्छन् । यहाँ यस्तै एउटा प्रेरक प्रसंगबारे कुरा गरिएको छ जसमा समय जुनसुकै बेला पनि परिवर्तन हुन सक्ने जानकारी दिँदै कसैले पनि घमण्ड गर्न नहुने बताइएको छ ।

– प्रचलित लोक कथा अनसार पुरानो समयमा एक राजकुमार शिक्षाका लागि आश्रम जाने बेला सधैंजसो एक वृद्ध व्यक्तिलाई भिख मागिरहेको देख्ने गर्थे । ती वृद्ध बाटोमै बसिरहन्थे र त्यहाँ आवतजावत गर्ने बटुवासँग पैसा र खाना माग्ने गर्दथे । उनले राम्रोसँग खान पाउँदैनथे त्यसकारण उनी निकै दुब्लो थिए, उनको कपडा पनि निकै फोहोर हुन्थे ।

 

– राजकुमारसँग सुख सुविधाका हरेक वस्तु थिए तर उनले ती वृद्ध व्यक्तिलाई फिटिक्कै मन पराउँदैनथे । एकदिन उनले भिख माग्ने व्यक्तिलाई भने, ‘तिमीसँग केही पनि छैन, भिख माग्छौ, यस्तो जीवन किन बाँच्न चाहन्छौ ? किन भागवानलाई आफू भएठाउँ चाँडै नै बोलाउन प्रार्थना गदैनौं ?’

– वृद्ध व्यक्तिले भने, ‘म सधैं साँझ बिहान भगवानसँग आफ्नो जीवन कुनै कामको नभएको भन्दै मलाई उहाँहरु भएठाउँ बोलाउन प्रार्थना गर्छु तर भगवानले मेरो प्रार्थना सुन्नु नै हुन्नँ । सायद भगवान म यसै दुनियाँमा रहूँ भन्ने चाहनुहुन्छ ता कि मानिसहरुले मलाई देखेर समय जुनसुकै बेला परिवर्तन हुनसक्छ भन्ने जानून् ।’

– उनले राजकुमारलाई भने, ‘कुनै बेला मसँग पनि धन थियो । मसँग पनि सुख सुविधा थिए तर मैले कहिले पनि मानिसहरुको मद्दत गरिनँ, मलाई मेरो रुप रंग र धनमा घमण्ड थियो । अब मेरो सबैकुरा बर्बाद भएको छ, मसँग खानका लागि खाना छैन, लगाउनका लागि कपडा छैन । मलाई देखेर सबैले यो बुझ्नुपर्छ कि कसैले पनि घमण्ड गर्नु हुँदैन, सुख–दुःख आइरहन्छन्, समय जुनसुकै बेला पनि परिवर्तन हुनसक्छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...