News Portal

जिन्दगी दिन काट्नको लागी होईन, कुनै महान काम गर्नको लागी हो

हिमाली संचार संवाददाता
१२०२ पटक

कति व्यक्तिलाई आफ्नो सुख सुविधा र उत्कृष्ट जीवनशैलीमा घमण्ड हुन्छ । त्यसकारण उनीहरु अरुलाई खासै महत्व दिँदैनन् । घमण्डका कारण थुप्रै समस्या बढ्न सक्छन् । यहाँ यस्तै एउटा प्रेरक प्रसंगबारे कुरा गरिएको छ जसमा समय जुनसुकै बेला पनि परिवर्तन हुन सक्ने जानकारी दिँदै कसैले पनि घमण्ड गर्न नहुने बताइएको छ ।

– प्रचलित लोक कथा अनसार पुरानो समयमा एक राजकुमार शिक्षाका लागि आश्रम जाने बेला सधैंजसो एक वृद्ध व्यक्तिलाई भिख मागिरहेको देख्ने गर्थे । ती वृद्ध बाटोमै बसिरहन्थे र त्यहाँ आवतजावत गर्ने बटुवासँग पैसा र खाना माग्ने गर्दथे । उनले राम्रोसँग खान पाउँदैनथे त्यसकारण उनी निकै दुब्लो थिए, उनको कपडा पनि निकै फोहोर हुन्थे ।

 

– राजकुमारसँग सुख सुविधाका हरेक वस्तु थिए तर उनले ती वृद्ध व्यक्तिलाई फिटिक्कै मन पराउँदैनथे । एकदिन उनले भिख माग्ने व्यक्तिलाई भने, ‘तिमीसँग केही पनि छैन, भिख माग्छौ, यस्तो जीवन किन बाँच्न चाहन्छौ ? किन भागवानलाई आफू भएठाउँ चाँडै नै बोलाउन प्रार्थना गदैनौं ?’

– वृद्ध व्यक्तिले भने, ‘म सधैं साँझ बिहान भगवानसँग आफ्नो जीवन कुनै कामको नभएको भन्दै मलाई उहाँहरु भएठाउँ बोलाउन प्रार्थना गर्छु तर भगवानले मेरो प्रार्थना सुन्नु नै हुन्नँ । सायद भगवान म यसै दुनियाँमा रहूँ भन्ने चाहनुहुन्छ ता कि मानिसहरुले मलाई देखेर समय जुनसुकै बेला परिवर्तन हुनसक्छ भन्ने जानून् ।’

– उनले राजकुमारलाई भने, ‘कुनै बेला मसँग पनि धन थियो । मसँग पनि सुख सुविधा थिए तर मैले कहिले पनि मानिसहरुको मद्दत गरिनँ, मलाई मेरो रुप रंग र धनमा घमण्ड थियो । अब मेरो सबैकुरा बर्बाद भएको छ, मसँग खानका लागि खाना छैन, लगाउनका लागि कपडा छैन । मलाई देखेर सबैले यो बुझ्नुपर्छ कि कसैले पनि घमण्ड गर्नु हुँदैन, सुख–दुःख आइरहन्छन्, समय जुनसुकै बेला पनि परिवर्तन हुनसक्छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...