News Portal

अब श्रीमति साक्षी नराखी राजीनामा दिन नपाइने

हिमाली संचार संवाददाता
४३८ पटक

काठमाडौं ०५, २०७६ फागुन : नेपाल प्रहरीमा राजीनामा दिँदा श्रीमतीको सहभागिता अनिवार्य चाहिने नियम लागू गरिएको छ। प्रहरी कर्मचारीले राजीनामा दिनुपूर्व श्रीमतीको स्वीकृतसहित स्वयम् श्रीमतीलाई उपस्थित गराउनुपर्ने भएको हो।

प्रहरी प्रधान कार्यालयले घरपरिवार र श्रीमतीको सल्लाहबिना नै राजीनामा दिँदा कतिपय प्रहरी कर्मचारीको परिवार नै अलपत्र पर्ने अवस्था सिर्जना भएको निष्कर्ष निकाल्दै राजीनामा दिँदा श्रीमतीको सहभागिता अनिवार्य गराएको छ।

विभिन्न कारणले हरेक वर्ष प्रहरी कर्मचारीले राजीनामा दिने गरेका छन। प्रहरी जवान र हल्वदारले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा राजीनामा बुझाउन पाउने प्रावधान छ भने प्रहरी सहायक निरीक्षकले प्रहरी नायब महानिरीक्षक, प्रहरी नायब निरीक्षकले प्रहरी अतिरिक्त महानिरीक्षलाई राजीनामा बुझाउने प्रचलन छ।

प्रहरी निरीक्षकदेखि माथिल्लो पदका प्रहरी अधिकारीको राजीनामा भने प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयबाट स्वीकृत गराउने गरेको छ।

राजीनामापछि कतिपय प्रहरी कर्मचारीको पारिवारिक अवस्था दयनीय देखिएको बताउँदै उनले राजीनामा दिन नपाउने भन्ने नभई श्रीमतीको अनिवार्य उपस्थितिमा मात्र स्वीकृत हुने बताए।

प्रवक्ता क्षत्रीले प्रहरीभित्र राजीनामा दिनेको संख्या हल्ला गरेजस्तो ठूलो नभएको दाबी गरे।

राजीनामा दिँदा श्रीमती अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान लागू भएपछि राजीनामा दिने संख्यामा समेत कमी आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

राजीनामापछि अधिकांश प्रहरी कर्मचारी वैदेशिक रोजगारीमा जाने गरेका छन। तीन वर्षको तथ्यांकअनुसार ७ हजार २ सय २९ प्रहरी कर्मचारीले राजीनामा दिएका छन्। राजीनामा दिनेमा प्रहरी हल्वदार र प्रहरी जवानको संख्या ठूलो छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...