News Portal

स्वास्थ्य सचिव खगराज बरालमाथि दुर्व्यवहारको आरोप

हिमाली संचार संवाददाता
४४१ पटक

काठमाडौं ०४, २०७६ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालमाथि दुर्व्यवहारको आरोप  लागेको छ।

नेपाल मेडिकल काउन्सिलका पूर्वसदस्य एवं त्रिवि शिक्षण अस्पताल महाराजगन्जका क्लिनिकल फार्माकोलोजी विभागका प्रमुख सहप्रा.डा. सतिसकुमार देवले सचिव बरालमाथि दुव्र्यवहार र गालीगलौजको आरोप लागाएका हुन।

सचिव बरालले चिकित्सकहरूलाई बारम्बार गालीगलौज गर्ने गरेको र आफूमाथि पनि दुर्व्यवहार भएको भन्दै न्याय दिलाइदिन नेपाल चिकित्सक संघमा निवेदन दिएका छन।

फागुन १ मा स्वास्थ्य राज्यमन्त्रीको कार्यकक्षमा भएको बैठकमा सचिव बरालले आफू तथा समग्र चिकित्सकलाई गालीगलौज तथा दुव्र्यवहार गरेको डा. देवले निवेदनमा उल्लेख गरेका छन।

राज्यमन्त्री नवराज राउतको उपस्थितिमा भएको छलफलमा सचिव बराल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंह, डा. गुणराज लोहनी, प्रशासन समूहका सहसचिव रघुराम विष्टसमेतको उपस्थिति रहेको डा. देवले जनाएका छन।

सो छलफलमा बिमा बोर्डका अध्यक्ष डा. उमाशंकर प्रसाद, कार्यकारी निर्देशक डा. रमेश पोखरेल, सदस्यहरू डा. दीपेन्द्र यादव, डा. अनिरा वैद्य र राज्यमन्त्री राउतका दुई स्वकीय सचिव भीमराज सिंह र कर्णराज आचार्यको समेत उपस्थिति रहेको देवले जानकारी दिए।

सचिव बरालले चिकित्सकहरू बिक्ने गरेको र शिक्षा सचिव हुँदा ४–५ जना प्राध्यापक आफूलाई ढोग्न आउने गरेको समेत बताएका थिए। बराल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आउनुअघि शिक्षा मन्त्रालयका सचिव थिए।

उनी पाँच महिनाअघि शिक्षाबाट स्वास्थ्यमा आएका हुन्। सचिव बरालसँग नेपाल चिकित्सक संघले सोधपुछ गर्ने भएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...