News Portal

स्वास्थ्य सचिव खगराज बरालमाथि दुर्व्यवहारको आरोप

हिमाली संचार संवाददाता
३८१ पटक

काठमाडौं ०४, २०७६ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालमाथि दुर्व्यवहारको आरोप  लागेको छ।

नेपाल मेडिकल काउन्सिलका पूर्वसदस्य एवं त्रिवि शिक्षण अस्पताल महाराजगन्जका क्लिनिकल फार्माकोलोजी विभागका प्रमुख सहप्रा.डा. सतिसकुमार देवले सचिव बरालमाथि दुव्र्यवहार र गालीगलौजको आरोप लागाएका हुन।

सचिव बरालले चिकित्सकहरूलाई बारम्बार गालीगलौज गर्ने गरेको र आफूमाथि पनि दुर्व्यवहार भएको भन्दै न्याय दिलाइदिन नेपाल चिकित्सक संघमा निवेदन दिएका छन।

फागुन १ मा स्वास्थ्य राज्यमन्त्रीको कार्यकक्षमा भएको बैठकमा सचिव बरालले आफू तथा समग्र चिकित्सकलाई गालीगलौज तथा दुव्र्यवहार गरेको डा. देवले निवेदनमा उल्लेख गरेका छन।

राज्यमन्त्री नवराज राउतको उपस्थितिमा भएको छलफलमा सचिव बराल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंह, डा. गुणराज लोहनी, प्रशासन समूहका सहसचिव रघुराम विष्टसमेतको उपस्थिति रहेको डा. देवले जनाएका छन।

सो छलफलमा बिमा बोर्डका अध्यक्ष डा. उमाशंकर प्रसाद, कार्यकारी निर्देशक डा. रमेश पोखरेल, सदस्यहरू डा. दीपेन्द्र यादव, डा. अनिरा वैद्य र राज्यमन्त्री राउतका दुई स्वकीय सचिव भीमराज सिंह र कर्णराज आचार्यको समेत उपस्थिति रहेको देवले जानकारी दिए।

सचिव बरालले चिकित्सकहरू बिक्ने गरेको र शिक्षा सचिव हुँदा ४–५ जना प्राध्यापक आफूलाई ढोग्न आउने गरेको समेत बताएका थिए। बराल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आउनुअघि शिक्षा मन्त्रालयका सचिव थिए।

उनी पाँच महिनाअघि शिक्षाबाट स्वास्थ्यमा आएका हुन्। सचिव बरालसँग नेपाल चिकित्सक संघले सोधपुछ गर्ने भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...