News Portal

प्रेम जीवन र जगत

हिमाली संचार संवाददाता
८०५ पटक

तिमी बेहुला –
अनि, म बेहुली भएर
जब अन्मिन्छु – जन्म घरबाट
तिम्रो अघिअघि लागेर – पुग्छु हिमाचलमा
जहाँ –
छरिएका छन् पुष्पहरू छरपस्ट भएर
स्वागतमा – तत्पर देखिन्छन्
सप्तरङ्गी ईन्द्रेणी तछाड-मछाड गर्दै
रङ्गहरू पाेतेर दलिनमा
बीणाहरू – संगीत भर्ने छन्
मयुर ,डाफे र मुनाल नाच्ने छन्
अाफ्नाे पाउजु बजाउँदै छमछम छमछम ।

साेरठी र सेलाे नृत्यमा – रङ्गीनेछ प्राङ्गण
रत्याैली खेल्ने छन् – एक हुल अप्सराहरू
छुट्टयाइएको हुनेछैन – जातीय बर्गीयता
कुनै धर्म सस्कृतिसँग – झुमिरहेछन् अप्सराहरू
तिम्रै मिठाे अावाजजस्ताे लाग्छ
प्रेमिल धुनहरू जाे बजिरहेका हुन्छन् पलपल ।

जूनले चिहाउने छ – बादलकाे घुम्टो
अलिकति हटाएर – जूनसँगै लजाएर
सर्लक्कै बाँधिने छु – अंगालोमा तिमीसँगै
अनि , ईश्वरीय रसपानमा तल्लीन भएनाै
कामुकता लवज देखाएनाै
काउकुती लाग्ला भनेर हाे कि –
कहिल्यै ठट्टा गरेनाै
याे जवानीलाई बिछ्याएर मर्द बन्छु भनेनाै
राताे फूलकाे साैन्दर्यसँग खेल्न चाहेनाै
र कहिल्यै उत्तेजित भएर छुन खाेजेनाै
तर प्रेम गर्न पनि छाेडेनाै मलाई ।

तिमीले प्रेम गरेपछि थाहा पाएँ कि !
साँचाे प्रेम गर्नेहरू अापतमा पनि मनमै बस्दा रहेछन्

– प्रीति अर्याल

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...