News Portal

कुवेतमा गुल्मीका एक युवा अलपत्र, सहयोगका लागी अनुरोध

हरि बहादुर बानियाँ
३०१० पटक

कुवेत १३, २०२० फेब्रुअरी : कुवेतमा एक युवा उपचार गर्न रकम अभावमा नेपाल फर्किन समेत नसकेको अवस्था छ। शिखम काउचा गुल्मी घर भई ४ वर्ष देखि कुवेतमा काम गर्दै आएका थिए।

जब कुवेत आउदा शिखम काउचाकाे तलब प्रतिमहिना ८० केडी थियाे भने कुवेत आएपछि कम्पनीले ६० केडी मात्रै तलब दिएको छ।

जुन कम्पनीमा काम गर्न आएका थिए। साेहि कम्पनीमा दुई वर्ष काम गरेपछि कम्पनी छोडेर अर्को कम्पनीमा काम गर्ने क्रममा दुर्घटना हुदा देब्रे हात भाँचिएको छ भने देब्रे आँखा पनि देख्दैनन।

अहिले शिखम साथीहरूसँग बस्दै आएका छन। उनलाई नेपाल पठाउन र उनको उपचार गर्न पैसा नभएकालेे शिखमलाई नेपाल पठाउन कुवेती डिनार १६ सय केडी जति लाग्नेछ।

कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले उनलाई सकेको सहयोग गर्नुभएको खण्डमा उनि नेपाल जान सक्नेछन र नेपाल गएर उपचार गर्न सक्नेछन।

विडम्बना के छ भने उनिसँग नेपाली राहदानी र कुवेतकाे सिभिल आईडी पनि छैन। यस विषयमा सम्बन्धित निकायबाट प्रक्रिया पुर्याएर अगाडि जाने कार्य न उनले काम गर्नसक्ने स्थिति छ न उनिसँग पैसा नै छ।

घरको आर्थिकस्थिति पनि एकदमै कमजोर भएकोले उनलाई नेपाल जानकाे लागि कुवेती १६ सय केडी जति लाग्ने छ। उनिसँगै बस्ने अर्जुन तमाङले हिमालीसंचारलाई बताए।

तपाई हाम्रो सानो सहयोगले उनको उपचार र नेपाल फर्किन मद्वत पुग्ने थियोे। कुवेतबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सम्पूर्णमा सहयोग गर्न अनुरोध गरिएको छ।

सहयोगका लागि निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सकिने छ।
सागर पंगेनी – ९६७६६०२४७ (96760247)
माहेश्वर राना – ६५८३८४४४ (65838444)

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...