News Portal

कुवेतमा गुल्मीका एक युवा अलपत्र, सहयोगका लागी अनुरोध

हरि बहादुर बानियाँ
२८८९ पटक

कुवेत १३, २०२० फेब्रुअरी : कुवेतमा एक युवा उपचार गर्न रकम अभावमा नेपाल फर्किन समेत नसकेको अवस्था छ। शिखम काउचा गुल्मी घर भई ४ वर्ष देखि कुवेतमा काम गर्दै आएका थिए।

जब कुवेत आउदा शिखम काउचाकाे तलब प्रतिमहिना ८० केडी थियाे भने कुवेत आएपछि कम्पनीले ६० केडी मात्रै तलब दिएको छ।

जुन कम्पनीमा काम गर्न आएका थिए। साेहि कम्पनीमा दुई वर्ष काम गरेपछि कम्पनी छोडेर अर्को कम्पनीमा काम गर्ने क्रममा दुर्घटना हुदा देब्रे हात भाँचिएको छ भने देब्रे आँखा पनि देख्दैनन।

अहिले शिखम साथीहरूसँग बस्दै आएका छन। उनलाई नेपाल पठाउन र उनको उपचार गर्न पैसा नभएकालेे शिखमलाई नेपाल पठाउन कुवेती डिनार १६ सय केडी जति लाग्नेछ।

कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले उनलाई सकेको सहयोग गर्नुभएको खण्डमा उनि नेपाल जान सक्नेछन र नेपाल गएर उपचार गर्न सक्नेछन।

विडम्बना के छ भने उनिसँग नेपाली राहदानी र कुवेतकाे सिभिल आईडी पनि छैन। यस विषयमा सम्बन्धित निकायबाट प्रक्रिया पुर्याएर अगाडि जाने कार्य न उनले काम गर्नसक्ने स्थिति छ न उनिसँग पैसा नै छ।

घरको आर्थिकस्थिति पनि एकदमै कमजोर भएकोले उनलाई नेपाल जानकाे लागि कुवेती १६ सय केडी जति लाग्ने छ। उनिसँगै बस्ने अर्जुन तमाङले हिमालीसंचारलाई बताए।

तपाई हाम्रो सानो सहयोगले उनको उपचार र नेपाल फर्किन मद्वत पुग्ने थियोे। कुवेतबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सम्पूर्णमा सहयोग गर्न अनुरोध गरिएको छ।

सहयोगका लागि निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सकिने छ।
सागर पंगेनी – ९६७६६०२४७ (96760247)
माहेश्वर राना – ६५८३८४४४ (65838444)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...