News Portal

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा एक सय ७४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाएको खुलासा

हिमाली संचार संवाददाता
६२४ पटक

काठमाडौं : मातातीर्थको वडा नं. १ ख कित्ता नम्बर २ सय ४३ भनेर सरकारी कागजातमा जनाइएको चार रोपनी १० आना जग्गा नेपाल ट्रस्टको हो तर त्यो जग्गा अहिले राजेन्द्रविक्रम बानियाँको नाममा छ।

त्यस्तै थानकोट महादेवस्थानमा कित्ता नम्बर ३६ को ६ रोपनी १० आना नेपाल ट्रस्टको जग्गा कृष्णबहादुर बस्नेतको नाममा रहेको मालपोत कार्यालय कलंकीको अभिलेखमा छ।

थानकोट, मातातीर्थ र सतुंगलमा ७८ वटा कित्तामा रहेको नेपाल ट्रष्टको १ सय ७४ रोपनी मूल्यवान जग्गा मोहीका नाममा व्यक्तिको नाममा कायम गरिएको छ।

व्यक्तिका नाममा दर्ता गरिएका अधिकांश जग्गामा अहिले निजी घर बनिसकेका छन। २०६९ भदौ २५ गते मन्त्रिपरिषदको निर्णय अनुसार ट्रष्टको जग्गा व्यक्तिको नाममा कायम गरेको मालपोत कार्यालयको भनाइ छ।

२०६९ भदौ ११ गते मन्त्रिपरिषदमा नेपाल ट्रस्टका नाममा दर्ता भएका तत्कालीन राजपरिवारका सदस्यको नाममा रहेका साविकका फर्मायसी विर्ता जग्गा सम्बन्धित मोहीका नाममा दर्ता गर्ने प्रस्ताव पेश भएको देखिन्छ।

प्रधानमन्त्री कार्यालयले पेश गरेको प्रस्तावमा विधेयक समितिको निर्णय अनुसार गर्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो। त्यतिखेर बाबुराम भट्टराई प्रधानमन्त्री थिए।

नेपाल ट्रष्ट ऐनले ट्रष्टको जग्गाको स्वामित्व मन्त्रिपरिषद्को निर्णयबाट हस्तान्तरण गर्न मिल्ने अधिकार दिएको छैन। भट्टराईले कानुनविपरीत किन निर्णय गरे ? व्यक्तिको नाममा कायम गरिएको ट्रष्टको १ सय ७४ रोपनी जग्गालाई अहिले करिब तीन अर्ब रुपैयाँ पर्छ।

यसबारे प्रधानमन्त्री कार्यालय र भूमि व्यवस्था मन्त्रालयले नेपाल ट्रष्टलाई अझै जानकारी गराएका छैनन। नेपाल ट्रष्टले पनि आफ्नो जग्गाको संरक्षणमा चासो दिएको छैन । यसले स्वार्थ समूहले मन्त्रिपरिषदसम्मै प्रभाव पारेको र राज्यको सम्पत्ति विभिन्न नाममा निजीकरण गर्ने प्रवृत्ति बेथितिकै रुपमा मौलाएको प्रस्ट देखाउँछ। – कान्तिपुरबाट

प्रतिकृया दिनुहोस्

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...