News Portal

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा एक सय ७४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाएको खुलासा

हिमाली संचार संवाददाता
७१४ पटक

काठमाडौं : मातातीर्थको वडा नं. १ ख कित्ता नम्बर २ सय ४३ भनेर सरकारी कागजातमा जनाइएको चार रोपनी १० आना जग्गा नेपाल ट्रस्टको हो तर त्यो जग्गा अहिले राजेन्द्रविक्रम बानियाँको नाममा छ।

त्यस्तै थानकोट महादेवस्थानमा कित्ता नम्बर ३६ को ६ रोपनी १० आना नेपाल ट्रस्टको जग्गा कृष्णबहादुर बस्नेतको नाममा रहेको मालपोत कार्यालय कलंकीको अभिलेखमा छ।

थानकोट, मातातीर्थ र सतुंगलमा ७८ वटा कित्तामा रहेको नेपाल ट्रष्टको १ सय ७४ रोपनी मूल्यवान जग्गा मोहीका नाममा व्यक्तिको नाममा कायम गरिएको छ।

व्यक्तिका नाममा दर्ता गरिएका अधिकांश जग्गामा अहिले निजी घर बनिसकेका छन। २०६९ भदौ २५ गते मन्त्रिपरिषदको निर्णय अनुसार ट्रष्टको जग्गा व्यक्तिको नाममा कायम गरेको मालपोत कार्यालयको भनाइ छ।

२०६९ भदौ ११ गते मन्त्रिपरिषदमा नेपाल ट्रस्टका नाममा दर्ता भएका तत्कालीन राजपरिवारका सदस्यको नाममा रहेका साविकका फर्मायसी विर्ता जग्गा सम्बन्धित मोहीका नाममा दर्ता गर्ने प्रस्ताव पेश भएको देखिन्छ।

प्रधानमन्त्री कार्यालयले पेश गरेको प्रस्तावमा विधेयक समितिको निर्णय अनुसार गर्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो। त्यतिखेर बाबुराम भट्टराई प्रधानमन्त्री थिए।

नेपाल ट्रष्ट ऐनले ट्रष्टको जग्गाको स्वामित्व मन्त्रिपरिषद्को निर्णयबाट हस्तान्तरण गर्न मिल्ने अधिकार दिएको छैन। भट्टराईले कानुनविपरीत किन निर्णय गरे ? व्यक्तिको नाममा कायम गरिएको ट्रष्टको १ सय ७४ रोपनी जग्गालाई अहिले करिब तीन अर्ब रुपैयाँ पर्छ।

यसबारे प्रधानमन्त्री कार्यालय र भूमि व्यवस्था मन्त्रालयले नेपाल ट्रष्टलाई अझै जानकारी गराएका छैनन। नेपाल ट्रष्टले पनि आफ्नो जग्गाको संरक्षणमा चासो दिएको छैन । यसले स्वार्थ समूहले मन्त्रिपरिषदसम्मै प्रभाव पारेको र राज्यको सम्पत्ति विभिन्न नाममा निजीकरण गर्ने प्रवृत्ति बेथितिकै रुपमा मौलाएको प्रस्ट देखाउँछ। – कान्तिपुरबाट

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...