News Portal

युवा गजलकार श्रीराम स्वरुपको ‘खरानी’ गजल संग्रह प्रकाशित

हिमाली संचार संवाददाता
१२९३ पटक

काठमाडौं २९, २०७६ माघ : लेखक एवम् साहित्यिक व्यक्तित्व श्रीराम स्वरुपको साहित्यिक कृति ‘खरानी गजल संग्रह’ प्रकाशित हुने भएको छ। पाल्पाको पहाडी भेग बगनासकाली-८ मा जन्मिएका स्वरुपले विभिन्न लेख रचनाहरु लेख्दै आएका छन।

उनका लेखहरु गौतम बुद्ध सन्देश साप्ताहिक, आवाज सम्प्रेषण लगायतका विभिन्न पत्रिकाहरुमा प्रकाशित भईसकेका छन भने दर्जन बढी अनलाइन पोर्टलहरुमा उनका लेखहरु प्रकाशित भईरहन्छन।

विभिन्न पत्रिकाहरुमा संवाददाताको रुपमा समेत काम गर्दै आएका उनि खरो युवाको रुपमा चिनिन्छन। निरन्तरतामा क्रमभंगतालाई रुचाउने स्वरुप शिक्षण पेसामा समेत कुनै समय संलग्न थिए।

हाल समाजशास्त्र बिभाग अन्तर्गत स्नातकोत्तर पढ्दै गरेका स्वरुप विद्यार्थी आन्दोलनहरुमा समेत अनुभव बटुलेका विद्यार्थी हुन। ‘स्वास्थ्य तथा साहित्य प्रतिस्ठान, पाल्पा’ को प्रकाशनमा उक्त कृति प्रकाशित हुन लागेको हो।

स्वरुपको यो पहिलो साहित्यिक कृति पनि हो, जसमा पछिल्लो समय युवा पुस्तामा निकै प्रिय गजलकार प्रदिप रोदन लगायतको शुभकामना रहने बुझिएको छ।

स्वरुप बहुप्रतिभाका ब्यक्ति समेत हुन। उनले श्रृङ्गारिकता र प्रगतिशीलता दुवै धारमा रहेर उत्कृष्ट गजल रचना गर्न सक्छन। उनले लेखेका मध्ये ‘जागिर खोज्दा खोज्दै म मरेँ भने के गर्छस सरकार’, ‘झुल टाँग्न किला ठोक्दा कराउँछ घरबेटी’, ‘डोजर लगाउँछु’ यसअघि निकै रुचाईएका गजलहरु हुन।

पछिल्लो पुस्तामा किताब प्रतिको ध्यान न्यून भएको अवस्थामा बजारका ठेलि पुस्तकहरु भन्दा काँटछाँट गरेर बनाईएको पुस्तक ‘खरानी गजल संग्रह’ले कत्तिको युवा पुस्ताको रोजाइ बन्न सक्ला हेर्न बाँकी नै छ।

प्रकाशनको रुपमा रहेको गजलले आफ्नो जिन्दगी भन्दा पनि क्षमता भई भई खुम्चिएर बस्न बाध्यता भएका बहुसंख्यक ब्यक्तिको मनमा उक्त विषयवस्तु मिल्न जाने भएकाले किताब प्रकाशन गर्नु आफ्नो उद्देश रहेको उनले बताएका छन।

उदियमान युवा गजलकार स्वरुपको ‘खरानी’ ले पाल्पाली साहित्य इतिहासमा थप योगदान पुग्ने आफ्नो शुभकामना सन्देश मार्फत व्यक्त गर्दै उक्त साहित्य प्रतिष्ठानका अध्यक्ष समेत रहेका पुष्कर अथक रेग्मीले जनाएका छन। रेग्मीका दर्जन बढी साहित्यिक कृतिहरु यसअघि नै प्रकाशित भईसकेका छन।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...