News Portal

चीनकाे वुहानमा १४ हजार शव जलाएको आशंका

हिमाली संचार संवाददाता
६६१ पटक

एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभर अहिलेसम्म ४३ हजार ९८ जना संक्रमित भइसकेका छन् भने १ हजार १८ जनाको भाइरसकै कारण मृत्यु भइसकेको छ ।

संक्रमितमध्ये ४० हजार १ सय ७१ जना चीनमा छन् । चीनमा मात्रै अहिलेसम्म ९ सय ८ जनाको मृत्यु भइसकेको छ । चीनले मृतकको संख्या लुकाएको चर्चा केही समयदेखि चलेको भएता पनि चीनले भने यो कुरा स्वीकार गरेकोे छैन ।

केही पश्चिमी र भारतीय मिडियाहरुले चीनले मृतकको संख्या लुकाउँदै ठूलो संख्यामा शव जलाएको आरोप लगाएका छन् । शव जलाउँदा सल्फर डाइअक्साइड ग्यास निक्लने बताउँदै स्याटेलाइटबाट लिइएको केही तस्बिरमा चीनको वुहान शहरमाथिको आकाशमा एकदमै धेरै मात्रामा सल्फर डाइअक्साइड ग्यास देखिएको जनाएको छ।

वैज्ञानिकहरुक अनुसार सल्फर डाइअक्साइड ग्यास कि त मेडिकल सामान जलाउँदा वा मानिसको शव जलाउँदा निस्कने गर्छ । चीनको सामजिक सञ्जालमा पनि चीनको वुहान शहरको बाहिरी क्षेत्रमा मानिसको शव जलाएको भन्ने खबर भाइरल भइरहेको छ ।

वुहानमा सल्फर डाइअक्साइडको स्तार १७०० युजी/क्यूबिक मिटर छ, जुन खतराको स्तरभन्दा २२ गुणा बढी हो । ८० युजी÷क्यूबिक मिटर खतरनाक मानिन्छ । यस्ता किसिमका तस्बिर वुहानभन्दा ९ सय किलोमिटर पर शहरमा पनि देखिएको छ ।

पर्यावरणीय विशेषज्ञका अनुसार यतिधेरै सल्फर अक्साइड ग्यास निस्कनुको कारण करिब १४ हजार भन्दा बढी शवहरु जलाएकोले हुनसक्ने अनुमान गरेका छन् ।

अमेरिकाको पब्लिक हेल्थ डिपार्टमेन्टका अनुसार शव जलाएको समयमा सल्फर ग्यास बाहेक प्याराडाइअक्साइट र हाइड्रोक्लोरिक एसिडजस्ता रसायन पनि निक्लने गर्छ ।

वुहानमा गत साता सल्फर डाइअक्साइड ग्यासको मात्रा १३५० माइक्रोग्राम्स प्रति क्यूबिक मिटर थियो, जुन सामान्यभन्दा एकदमै धेरै हो । केही संस्थानका अनुसार वुहानमा अघिल्लो केही दिनमा करिब ५ लाख मानिस कोरोनाभाइसको चपेटामा आउनसक्छ ।

लण्डन स्कुल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनले वुहानमा कोरोनाभाइरस फैलिने तरिकाको अध्ययन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...