News Portal

चीनकाे वुहानमा १४ हजार शव जलाएको आशंका

हिमाली संचार संवाददाता
५८८ पटक

एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभर अहिलेसम्म ४३ हजार ९८ जना संक्रमित भइसकेका छन् भने १ हजार १८ जनाको भाइरसकै कारण मृत्यु भइसकेको छ ।

संक्रमितमध्ये ४० हजार १ सय ७१ जना चीनमा छन् । चीनमा मात्रै अहिलेसम्म ९ सय ८ जनाको मृत्यु भइसकेको छ । चीनले मृतकको संख्या लुकाएको चर्चा केही समयदेखि चलेको भएता पनि चीनले भने यो कुरा स्वीकार गरेकोे छैन ।

केही पश्चिमी र भारतीय मिडियाहरुले चीनले मृतकको संख्या लुकाउँदै ठूलो संख्यामा शव जलाएको आरोप लगाएका छन् । शव जलाउँदा सल्फर डाइअक्साइड ग्यास निक्लने बताउँदै स्याटेलाइटबाट लिइएको केही तस्बिरमा चीनको वुहान शहरमाथिको आकाशमा एकदमै धेरै मात्रामा सल्फर डाइअक्साइड ग्यास देखिएको जनाएको छ।

वैज्ञानिकहरुक अनुसार सल्फर डाइअक्साइड ग्यास कि त मेडिकल सामान जलाउँदा वा मानिसको शव जलाउँदा निस्कने गर्छ । चीनको सामजिक सञ्जालमा पनि चीनको वुहान शहरको बाहिरी क्षेत्रमा मानिसको शव जलाएको भन्ने खबर भाइरल भइरहेको छ ।

वुहानमा सल्फर डाइअक्साइडको स्तार १७०० युजी/क्यूबिक मिटर छ, जुन खतराको स्तरभन्दा २२ गुणा बढी हो । ८० युजी÷क्यूबिक मिटर खतरनाक मानिन्छ । यस्ता किसिमका तस्बिर वुहानभन्दा ९ सय किलोमिटर पर शहरमा पनि देखिएको छ ।

पर्यावरणीय विशेषज्ञका अनुसार यतिधेरै सल्फर अक्साइड ग्यास निस्कनुको कारण करिब १४ हजार भन्दा बढी शवहरु जलाएकोले हुनसक्ने अनुमान गरेका छन् ।

अमेरिकाको पब्लिक हेल्थ डिपार्टमेन्टका अनुसार शव जलाएको समयमा सल्फर ग्यास बाहेक प्याराडाइअक्साइट र हाइड्रोक्लोरिक एसिडजस्ता रसायन पनि निक्लने गर्छ ।

वुहानमा गत साता सल्फर डाइअक्साइड ग्यासको मात्रा १३५० माइक्रोग्राम्स प्रति क्यूबिक मिटर थियो, जुन सामान्यभन्दा एकदमै धेरै हो । केही संस्थानका अनुसार वुहानमा अघिल्लो केही दिनमा करिब ५ लाख मानिस कोरोनाभाइसको चपेटामा आउनसक्छ ।

लण्डन स्कुल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनले वुहानमा कोरोनाभाइरस फैलिने तरिकाको अध्ययन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...