News Portal

नेपालको अमेरिकामाथि आठ विकेटको जित

इश्वरचन्द्र झा
५११ पटक

काठमाडौं २९, २०७६ माघ : अमेरिका अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा अहिलेसम्मकै सबैभन्दा झिनो योगफलमा समेटिएको छ। नेपाली बलिङ्ग आक्रमण अगाडि अमेरिकाका दश जना ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन पाएनन। नेपाली बलर सन्दीप लामिछानेले छ र सुशन भारीले चार विकेट लिदा अमेरिका ३५ रनमै समेटिन पुग्दा कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाला विश्व कीर्तिमानको साक्षी बन्न पुगेको छ।

यसअघि अन्तर्राष्ट्रिय एकदिवसीयमा सबैभन्दा कम योगफलमा समेटिएको कीर्तिमान जिम्बाबवेको नाममा रहेको थियो। जिम्बाबवे करीब १६ वर्ष अगाडि घरेलु मैदानमै ३५ रनमा समेटिन पुगेको थियो। उक्त योगफल कुनै राष्ट्रले अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा तयार गरेको अहिलेसम्मकै कम योगफल रहेको थियो।

अमेरिकाले बुधबार नेपाल विरुद्धको आफ्नो दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा उक्त योगफलको बराबरी गर्दै नयाँ कीर्तिमान बनाएको छ। जिम्बाबवे सन् २००४ को अप्रिल २५ का दिन हरारेमा श्रीलङ्का विरुद्ध ३५ रनमा समेटिएको थियो। श्रीलङ्काली बलर चामिण्डा भासले उक्त खेलमा चार विकेट लिनुभएको थियो। फरवेज महरुफले तीन र दिलहरा फर्नान्डोले दुई विकेट लिनुभएको थियो। श्रीलङ्काले भने एक विकेटको क्षतिमा ९ ओभर दुई बलमा ४० रन बनाएर लक्ष्य पुरा गरेको थियो।

नेपालको आठ विकेटको जित !

नेपालले अमेरिकामाथि आठ विकेटको जित हात पारेको छ। अमेरिकाले प्रस्तुत गरेको ३६ रनको लक्ष्य नेपालले मात्र पाँच ओभर दुई बलमा दुई विकेटको क्षतिमा पुरा गरेको हो। नेपालका लागि दिपेन्द्र ऐरीले १५ तथा पारस खडका २० रन बनाएर अविजित रहनुभयो। यसअघि कप्तान ज्ञानेन्द्र मल्ल १ र सुभाष खकुरेल खाता खोल्न नपाउँदै पेभेलियन फर्किदा नेपाली टोली दबाबमा आएको थियो। अमेरिकाका लागि दुबै सफलता केनिजिले दिलाउनुभयो।

यसअघि अमेरिका १२ ओभरमा मात्र ३५ रनको झिनो योगफलमा समेटिन पुग्यो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको पाहुना टोली अमेरिकाको पारीलाई ३५ रनमा खुम्च्याउन सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ्ग गर्नुभयो। सन्दीप एक्लैले छ विकेट लिनुभयो। बाँकीको चार विकेट सुशन भारीले बाँड्नुभयो। अमेरिकी पारीको दश जना ब्याट्सम्यान दोहोरा योगफल समेत छुन सकेनन।

ओपनर जेभियर मार्शलले बनाउनुभएको १६ रन सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो। उसको पारीको चार जना ब्याट्सम्यानले खाता समेत खोल्न सकेनन। सन्दीपले छ ओभरको स्पैलमा मात्र १६ रन खर्चेर छ विकेट लिनुभयो। सुशनले भने तीन ओभरमा एक मैडन राख्दै मात्र पाँच रन खर्चेर चार विकेट लिनुभयो।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...