News Portal

  • नयाँ शालिक राख्दैमा नयाँ नेपाल हुँदैनः राष्ट्रपति भण्डारी

    हिमाली संचार संवाददाता
    ३५३ पटक

    काठमाडौ : राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक प्राचिन सम्पदा पुनःनिर्माणको पछिल्लो प्रगति देखेर आफू उत्साहित भएको बताउनुभएको छ।

    काठमाडौँ उपत्यकास्थित पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप र हनुमानढोका नौतले दरबारको निरीक्षणपछि वसन्तपुर दरबार निर्माणमा प्रत्यक्ष संलग्न सरकारी उच्च अधिकृत र जनप्रतिनिधिलाई सम्बोधन गर्दै उहाँले सुनेकोभन्दा सम्पदा निर्माणमा प्रगति देखेर आफू धेरै उत्साहित भएको प्रतिक्रिया दिनुभयो।

    विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्ष’ति पुगेका सम्पदा पुनःनिर्माण शुरुआत गर्न प्रारम्भमा ढिलाइ भएको प्रसङ्ग स्मरण गर्दै राष्ट्रपतिले भन्नुभयो, “समस्या समाधान गरेर अहिले ठिक ढङ्गले निर्माण कार्य अघि बढिरहेको छ, यस कार्यमा संलग्न सबैमा धन्यावाद भन्न चाहन्छु ।”

    ऐतिहासिक सम्पदा भनेका हाम्रा सम्पत्ति हुन्, विभिन्न समयमा बन्ने सम्पदा भावी पुस्तालाई इतिहाससम्बन्धी जानकारी गराउन हामीले जस्ताको त्यस्तै रुपमा हस्तान्तरण गर्नुपर्छ भन्दै उहाँले नयाँ पुस्तालाई सभ्य, सदाचारयुक्त, अनुशासित र न्यायपूर्ण समाज निर्माणमा प्रेरित गर्न भौगोलिक, प्राकृतिक र सांस्कृतिक सम्पदा संरक्षणको आवश्यकता औँल्याउनुभयो।

    पूँजी र प्रविधिको सीमितताका बाबजूद सरकारले त्यस्ता सम्पदाको संरक्षण गर्न ग’म्भीर भएर सुझबुझ ढङ्गबाट योजना बनाएर काम गरिरहेको छ ।

    “हरेक कालखण्डको इतिहास लेख्दै राख्दै जाने हो, अरुको इतिहास मेटेर आफ्नो इतिहास लेख्ने होइन, पुत्रशोकमा परेकी आमाका इतिहास रानीपोखरीसंग जोडिएको छ, जति कठोर भए पनि इतिहास भनेको इतिहासै हो, त्यो भावी पुस्ताले थाहा पाउनुपर्छ, हिजोका शालिक ढालेर नयाँ शालिक राख्दैमा नयाँ नेपाल हुँदैन”, राष्ट्रपति भण्डारीले भन्नुभयो ।

    रानीपोखरी निर्माणको इतिहास र मर्मलाई आत्मसात गरी बाँकी काम अघि बढाउन उहाँले सुझाव दिनुभयो।

    सम्पदा निर्माणमा मुलुकभित्रका श्रम, सीप र सामग्रीलाई उच्चतम प्राथमिकता दिएर काम गर्न सुझाव दिँदै राष्ट्रपति भण्डारीले मुलुकभित्रका विद्यालयका बीचमा दरबार हाइस्कुल नमूनाकै रुपमा निर्माण भएको भनी सह्राना गर्नुभयो।

    प्रकृति र संस्कृतिमाथि अन्याय गर्ने कोशिस भएमा अनेकौ चुनौती आउनसक्नेतर्फ सचेत रहन सुझाव दिँदै उहाँले स्वदेशमै उपलब्ध साधनस्रोतको प्रयोगले बढ्दै गएमा व्यपार घाटा न्यून गर्न योगदान मिल्ने र मौलिकतालाई जोगाउन योगदान पुग्नेतर्फ ध्यानाकर्षण गराउनुभयो।

    राष्टपति भण्डारीले भन्नुभयो, “हामीले कल्पना गरेको सभ्य, अनुशासित र न्यायपूर्ण समाज हो, किसान मजदूर, ग्रामीण क्षेत्रका जनताको मनोविज्ञानलाई बुझी कर्तव्य र जिम्मेवारीमा रहेर काम गर्न मेरो तपाईहरुलाई आग्रह छ ।”

    काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्रका भौतिक पूर्वाधार निर्माणका लागि नयाँ सोचका साथ अवधारणाअघि बढाउन लागिएको जानकारी दिनुभयो।

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणपछि प्राकृतिक छटाले परिपूर्ण हाम्रा गाउँवस्ती, विद्यालय र ऐतिहासिक धरोहरका रुपमा रहेका सम्पदा सुन्दर देखिएको बताउनुभयो।

    उहाँले भन्नुभयो, भूकम्पपछिको पुनःनिर्माणसगैँ ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणलाई नयाँ ढङ्गबाट अघि बढाउने कोशिस गरिएको छ। सो अवसरमा रानीपोखरी, जमल, रत्नपार्कक्षेत्रलाई अत्याधुनिक र रमणीयस्थलका रुपमा विकास गर्न अघि सारिएको सोचसम्बन्धी वृत्तचित्रसमेत प्रस्तुत गरियो। – रासस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...