News Portal

गफाडी प्रधानमन्त्रीविरुद्ध उत्रिए युवा नेता थापा

हिमाली संचार संवाददाता
६०८ पटक

भरतपुर २४, २०७६ माघ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले बालुवाटारको सरकारी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई मुद्दा दायर नगरेकोमा कम्युनिस्ट सरकार र अख्तियारप्रति आपत्ति जनाएका छन।

चिवतनमा शुक्रबार नेपाली कांग्रेस कालिका नगर समितिले गरेको कार्यक्रममा सम्बोधन गर्दै थापाले पूर्वप्रधानमन्त्री माधव नेपाल, बाबुराम भट्टराई र तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई मुद्दा नचलाएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आलोचना गरेका हुन।

अख्तियारले ३ पटक फाइल सदर गर्ने प्रधानमन्त्रीका बारेमा बोल्नुपर्दैन ?, उनले भने, ‘त्यसको निर्णय गर्ने मुख्यसचिव लीलामणि पौडेलबारे बोल्नुपर्दैन ?

जग्गा प्राप्त गर्ने नेकपाका महासचिव विष्णु पौडेलका बारेमा बोल्नुपर्दैन ?, उनले प्रश्न गर्दै भने, विष्णु पौडेलका बारेमा किन बोल्नुनपर्ने ?

नेपाली कांग्रेसका युवा नेता थापाले जग्गा फिर्ता गर्ने शर्तमा नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनलाई छाड्न नमिल्ने बताए।

अब सजिलो छ। कसैलाई चोर्न मन लागेको छ भने चोरे हुन्छ, पहिला चोर्ने, थाहा पाए फिर्ता गर्ने, नपाए आफ्नै भयो, नेता थापाले भने, चोरेको थाहा पाए विष्णु विष्णु भन्नुस्, चोरीको सामान फर्काइदिनुस्, सक्कियो। कसैलाई के लुट्न मन लागेको छ, लुट्नुभए हुन्छ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरी भ्रष्टाचार गरेको अभियोगमा १७५ जनाविरुद्ध मुद्दा चलाउँदा अख्तियारले मन्त्रिपरिषदबाट निर्णय गराउने तत्कालीन प्रधानमन्त्रीउपर मुद्दा चलाएको छैन।

नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले जग्गा फिर्ता गर्न मन्जुर गरेको भन्दै मुद्दा चलाएको छैन। नेता थापाले भ्रष्टाचारजन्य कसुरमा जो कोही संलग्न भए पनि छाड्न नमिल्ने बताए।

कांग्रेस सभापति, उपसभापतिको नाममा भ्रष्ट्राचार गर्दा उन्मुक्ति पाइँदैन, उनले भने, सभापतिले गर्नुभएको छ भने पनि उहाँ थुनामा पर्नुपर्छ। मैले गरेको छु भने म पनि पर्नुपर्छ। उनले भने, भ्रष्टाचारको सन्दर्भमा यो, त्यो भन्ने हुदैन।

नेपाली कांग्रेसका नेता थापाले सरकारले काम नगरी गफमात्रै गरेकोले अब प्रधानमन्त्रीलाई संसदमा भेट्दा गफाडी भन्ने बताएका छन।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...