News Portal

पुर्वमन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा, मुद्दा कसलाई ?

हिमाली संचार संवाददाता
४२८ पटक

काठमाडौं : चर्चित जग्गाकाण्ड, बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न रहेको भन्दै १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अख्तियारले दायर गरेको मुद्दामा पूर्वमन्त्री, पूर्वसचिव तथा ठुलो ब्यापारी समेत परेका छन्। जसमा उपप्रधानमन्त्री विजय गच्छदार, मन्त्रीहरु चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ तथा भाटभटनी स्टोरका मालिक मिनवहादुर गुरुङ समेत रहेका छन्।

त्यसैगरी पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात समेत रहेका छन्। जग्गा खरिद गर्ने हालका नेपपाका महासचिव बिष्णु पौडेल तथा मन्त्रीपरिसदबाट निर्णय गराउने तत्कालिक प्रधानमन्त्री तथा हालमा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाललाई भने मुद्दा दर्ता गरिएको छैन्।

तर नेपाली कांग्रेस प्रवक्ता बिश्व प्रकाश शर्माले भने सामाजिक सञ्जालबाट प्रतिकृया दिदै जग्गा खरिद गर्ने र निर्णय गर्नेलाई किन चोख्याएको भनेर प्रश्न गरेका छन्। उनले भेन, ‘एक पुर्व मन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा। मुद्दा कसलाई ? बिजय गच्छदारलाई!’।

काठमाडौको मुटुमा रहेको बालुवाटार स्थित ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिना भएको खुलेसगै सो सम्बन्धि अध्ययन गर्न समिति बनेको थियो।

अख्तियार अनुसन्धान आयोग तथा अपराध अनुसन्धान ब्युरोले समेतले अध्ययन पछि बिशेष अदालतमा भष्ट्रचार मुद्दा दायर गरेको हो।

त्यसैगरी आयोगले ललितानिवास जग्गा जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई तथा पूर्वमुख्यसचिव लिलामणी पौडेलसहित १७ जना विरुद्ध मुद्दा नचल्ने निर्णय समेत गरेको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...