News Portal

पुर्वमन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा, मुद्दा कसलाई ?

हिमाली संचार संवाददाता
३५५ पटक

काठमाडौं : चर्चित जग्गाकाण्ड, बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न रहेको भन्दै १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अख्तियारले दायर गरेको मुद्दामा पूर्वमन्त्री, पूर्वसचिव तथा ठुलो ब्यापारी समेत परेका छन्। जसमा उपप्रधानमन्त्री विजय गच्छदार, मन्त्रीहरु चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ तथा भाटभटनी स्टोरका मालिक मिनवहादुर गुरुङ समेत रहेका छन्।

त्यसैगरी पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात समेत रहेका छन्। जग्गा खरिद गर्ने हालका नेपपाका महासचिव बिष्णु पौडेल तथा मन्त्रीपरिसदबाट निर्णय गराउने तत्कालिक प्रधानमन्त्री तथा हालमा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाललाई भने मुद्दा दर्ता गरिएको छैन्।

तर नेपाली कांग्रेस प्रवक्ता बिश्व प्रकाश शर्माले भने सामाजिक सञ्जालबाट प्रतिकृया दिदै जग्गा खरिद गर्ने र निर्णय गर्नेलाई किन चोख्याएको भनेर प्रश्न गरेका छन्। उनले भेन, ‘एक पुर्व मन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा। मुद्दा कसलाई ? बिजय गच्छदारलाई!’।

काठमाडौको मुटुमा रहेको बालुवाटार स्थित ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिना भएको खुलेसगै सो सम्बन्धि अध्ययन गर्न समिति बनेको थियो।

अख्तियार अनुसन्धान आयोग तथा अपराध अनुसन्धान ब्युरोले समेतले अध्ययन पछि बिशेष अदालतमा भष्ट्रचार मुद्दा दायर गरेको हो।

त्यसैगरी आयोगले ललितानिवास जग्गा जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई तथा पूर्वमुख्यसचिव लिलामणी पौडेलसहित १७ जना विरुद्ध मुद्दा नचल्ने निर्णय समेत गरेको छ।

प्रतिकृया दिनुहोस्

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...